ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१७ वर्षमै लखपति !

Mar 28, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

१७ वर्षमै लखपति !
यिनी हुन्, निक डी’ अलोइसियो । १७ वर्षका एक बेलायती किशोर, जो भएका छन्– सबैभन्दा कम उमेरमा आफ्नै प्रयत्नले धनाढ्य । सानै उमेरदेखि कम्प्युटर प्रोग्रामिङमा विशेष दख्खल राख्ने उनले निर्माण गरेको ‘सम्ली’ नामक एक एप्लिकेशन अमेरिकी वेब सेवा कम्पनी याहूले किनेको छ । उनले बनाएको यो एप्लिकेशन याहूले यति मन परायो कि कम्पनीले उक्त सफ्टवेयर किन्न दशौं लाख डलर खर्च गर्न लागेको छ । यो खरीदको आकारबारे यथार्थ जानकारी नआए पनि जानकारहरुका अनुसार याहूले ३० देखि ४० लाख डलरबीचको रकम तिर्ने निर्णय गरेको छ । १७ वर्षका एक किशोरका लागि यो रकम र उपलब्धि निकै ठूलो भएको थुप्रै विश्लेषकको भनाइ छ । 
अलोइसियोले सम्ली एप अहिलेका युवाको चाहनालाई ध्यानमा राख्दै बनाएका छन् । यो एप्लिकेशनले स्मार्टफोन र ट्याब्लेटमा इण्टरनेटबाट समाचार र जानकारीलाई निकै सजिलै उपलब्ध गराउँछ । हुनतः अहिले यस्ता एप्लिकेशनहरुको बाढी नै लागेको अवस्था छ तर, यो एपले मोबाइल उपकरणमा पढिने समाचारहरुमा देखापर्ने विभिन्न समस्यालाई तत्कालै समाधान गरिदिन्छ । प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोन र ट्याब्लेटमा यो एप सञ्चालन गरेपछि यसले कुनै पनि समाचारलाई ४ सय शब्दमा सारांशकृत गरिदिन्छ । अलोइसियाका अनुसार पाठकहरुले लामा समाचारभन्दा छोटा आकारका समाचार पढ्ने हुनाले यो एप उपयोगी छ । सम्लीको अर्को विशेषता के छ भने यसले सारांशकृत गरेका समाचारहरुमा त्यति महत्व नदेखिएका कुरा आफै हट्छन् । प्रविधिविज्ञहरुले यो एपले तयार पारेका समाचारमा मुख्य अंश र महत्वपूर्ण कुरा समावेश हुने उल्लेख गरेका छन् । त्यसैगरी सम्ली एपले प्रयोगकर्ताहरुलाई विभिन्न विकल्प पनि दिने हुनाले उनीहरुले आप्mनो आवश्यकताअनुरुप विषयवस्तुलाई छनोट गर्न सक्ने सुविधा पाउँछन् । 
अलोइसियोले एप सन् २०११ मै तयार पारेका थिए । पछिल्ला २ वर्षमा भने उनले यसको विकास गर्दै परिष्कृत गर्न आफ्नो समय खर्चिए । उनले २ वर्षअघि सम्ली निर्माण गरेदेखि नै प्रविधि क्षेत्रमा चर्चा पाउन शुरु गरेका थिए । चर्चाहरु बढिरहँदा उनलाई एक दिन याहूको मुख्यालयबाट फोन आयो र यो एप खरीदको प्रस्तावलाई कम्पनीले अघि सार्‍यो । अलोइसियोले ठूलो धनराशिका साथै याहूमा राम्रो जागीर पनि पाएका छन् । तर, उनले अहिले आफू सफल प्रोग्रामर र डिजाइनर बन्नुका अलावा पढाइमा पनि केन्द्रित हुने बताए । उनी अहिले ‘ए लेभल’मा अध्ययनरत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)