ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मूर्ख हुनु फाइदाजनक

Apr 26, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कार्यालयभित्र आफ्नो बुद्धिमत्ता प्रदर्शन गर्नुभन्दा मूर्ख बनेर काम गर्दा व्यावसायिक जीवनमा सफलता हासिल हुने अनौठो तथ्य हालै गरिएको एक अध्ययनमा पाइएको छ । जर्नल अफ म्यानेजमेण्ट स्टडिजको पछिल्लो अङ्कमा प्रकाशित उक्त अध्ययनको रिपोर्टअनुसार चलाख भएर काम गरिरहने मानिस सधैं सफल हुँदैनन् । ‘अ स्टुपिडिटी–बेष्ड थ्यौरी अफ अर्गनाइजेशन’ शीर्षकमा प्रकाशित अध्ययनको रिपोर्टमा कर्मचारीहरुको ‘क्रियात्मक मूर्खता’ले कार्यालयभित्रका कतिपय काम सामान्यतया सहजतापूर्वक सम्पन्न हुने बताइएको छ । 

स्वीडेनको लुण्ड युनिभर्सिटीका प्राध्यापक म्याट्स एल्भेसन र उनका सहकर्मी आन्द्रे स्पाइसरले उक्त अध्ययन गरेका थिए । उनीहरुले मूर्खताले कर्मचारीहरुको कार्यक्षमता बढाउने दाबी गरेका छन् । धेरै जना चलाख कर्मचारी भएका कम्पनीमा ‘चतुर्‍याइको आलोचनात्मक प्रतिविम्ब’ सकारात्मक नै भए पनि यसले समस्याहरु उत्पन्न गर्न सक्ने अनुसन्धानकर्ताद्वयले उल्लेख गरेका छन् । ‘धेरै जना चलाख मानिसहरु जम्मा भएको ठाउँमा कुनै कार्यबारे विरोधाभासपूर्ण वैकल्पिक उपायहरु अगाडि आउन सक्छन्, त्यसैगरी उनीहरुले निर्णय र कार्यको संरचनाबारे झण्झटिला प्रश्नहरु तेर्साउने सम्भावना बढी हुन्छ,’ उनीहरुले लेखेका छन् । यसले गर्दा कामको गति सुस्त हुने बताइएको छ । उता, मूर्खताले भने संस्थामा समायोजन र एकीकरणको भूमिका खेल्ने अनुसन्धानकर्ताद्वयले उल्लेख गरेका छन् । ‘यसले उत्पादकत्व बढाउँछ, मानिसहरु क्रियात्मक मूर्खताको वातावरण भएका ठाउँमा बढी सन्तुष्ट हुन्छन्, जसले गर्दा उनीहरु आफ्नो जिम्मेवारीप्रति बढी कौतुहलता प्रकट गर्दै काममा केन्द्रित हुने गर्दछन्,’ रिपोर्टमा लेखिएको छ । उच्च प्रकृतिको चलाखीमा प्रायःजसो लुकेका जोखिमहरु हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । कामको लक्षित प्रतिफल सोचेजस्तो नभएको खण्डमा चलाख मानिसहरु निराश हुने सम्भावना पनि प्रायः बढी हुने रिपोर्टमा उल्लेख छ । त्यसैगरी चलाख मानिसहरु व्यावसायिक जीवनमा एक स्तरसम्म सफल भए पनि अर्को स्तरमा पुगेर उनीहरुको प्रगति रोकिन सक्नेतर्फ पनि अनुसन्धानकर्ताद्वयले औंल्याएका छन् । उनीहरुका अनुसार कुनै सहायक चलाख छ र उसको उपस्थितिविना हाकीमलाई काम गर्न अप्ठ्यारो हुन्छ भने त्यस्ता सहायकको स्तरोन्नति हुने सम्भावना कम हुन्छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)