ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नृत्यबाट पनि हल गर्न सकिन्छ व्यापारिक समस्या

Apr 28, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

अमेरिकामा नृत्य र कला संस्थाहरुको परम्परागत आम्दानी नयाँ रुपबाट हुन थालेको छ । कला प्रदर्शनमा टिकट विक्री गर्दै कमाउने त्यस्ता संस्थाहरुले अहिले साथ पाउन थालेका छन् ठूला कम्पनीहरुबाट । अमेरिकी राज्य इडाहोको राजधानी बोइसेस्थित ट्रे म्याकिण्टायर प्रोजेक्टले तयार पारेको नयाँ व्यापारिक मोडलअनुसार कला प्रदर्शनीमा मात्र नभएर ठूला बहुराष्ट्रिय कम्पनीहरुमा समेत काम गर्न नर्तक र कलाकारहरु पठाइएका छन् । प्रोजेक्टका सह–संस्थापक तथा कार्यकारी निर्देशक जोन माइकल शर्टले कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई नयाँपनको अनुभूति प्रदान गर्न र सृजनात्मक बनाउन यसले सघाइरहेको बताए । 

सूचना प्रविधि कम्पनी ह्युलेट प्याकार्ड (एचपी), स्वास्थ्य सेवा इन्स्योरेन्स एवम् उत्पादन विक्रेता कम्पनी एट्ना र सिकागो युनिभर्सिटी बुथ बिजनेश स्कूलले संस्थामा कार्यरत नर्तकहरुलाई लगेका छन् । ‘कलाकर्मीहरुले आप्mनो प्रदर्शनबाट मानिसहरुलाई सधैंजसो उत्प्रेरणा दिने गर्दछन्, हामीहरु कम्पनीहरुले आफूले के नयाँ सृजना गरिरहेछन् भनेर बुझाउन चाहन्छौं,’ उनले भने । चाहे बजार व्यवस्थापन रणनीति होस् अथवा स्वास्थ्यसेवा नीति, कम्पनीहरु जुनसुकै विषयमा नयाँ सोचका साथ अघि बढ्न रोकिएको अवस्थामा यसले सघाउ पुर्‍याइरहेको शर्टको दाबी छ । ट्रे म्याकिण्टायर प्रोजेक्टका नर्तकहरु प्रायःजसो निर्धारित कार्यक्रमअनुसार नै कम्पनीहरुमा गए पनि कहिलेकाहीं भने अचानकै जाने गरेका छन् । एचपीको मुख्यालयमा केही दिनअघि त्यस्तै एक दृश्य देखियो, जहाँ नर्तकहरु अचानकै त्यहाँ पुगे अनि कर्मचारीहरु काम गरिरहेको ठाउँमा गएर नृत्य गर्न थाले । आप्mनो कला प्रदर्शन गरिसकेपछि उनीहरुले कर्मचारीहरुसँग नृत्य र सृजनात्मक कार्यबारे बहस शुरु गरे । नर्तकहरुले कर्मचारीहरुलाई नृत्य गर्न सिकाएपछि एचपीका एक वरिष्ठ अधिकृतले नयाँ उत्पादन र काम गर्दा देखा परेका समस्याबारे एक बृहत् छलफल शुरु गरे । उक्त छलफलमा कम्पनीका कर्मचारी र नर्तकहरु समस्या समाधानका प्रभावकारी उपायहरु पहिल्याउन सफल भए ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)