ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सौर्य विमानको पहिलो उडान सफल

May 5, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सौर्य ऊर्जाबाट चल्ने संसारकै सबैभन्दा पहिलो हवाईजहाज ‘सोलार इम्पल्स’मा उडान गर्दा चालक बट्राण्ड पिकार्डले अद्वितीय अनुभव गरे । अमेरिकी आकाशमाथि उडिरहँदा पाइलटले कुनै प्रकारका कोलाहल र अनावश्यक ध्वनिप्रदूषणको महसूस गर्नु परेन । करीब २० घण्टासम्म चलेको उनको यात्रा क्यालिफोर्निया हुँदै सन फ्रान्सिसको नजिकैको पहाडी क्षेत्रमा रहेको मोफेटमा गएर टुङ्गिएको थियो । उड्डयन क्षेत्रको कोशेढुङ्गाका रूपमा परिचित एडवार्ड एयर फोर्स हुँदै पिकार्ड शनिवार फोनिक्सको स्काई हार्बर विमानस्थलमा उत्रेका थिए । उनले यो दूरी पूरा गर्दा जहाजको पूरा ब्याट्रीको ३ चौथाइ भाग मात्र खपत भएको थियो । ‘यो कुनै काल्पनिक अनुभवजस्तै छ,’ जहाजबाट र्ओलँदै उनले भने । सौर्य जहाजको यो पहिलो प्रयास भएको र उक्त जहाज इन्धनविना  अमेरिकाका बाहिर पनि उड्न सक्षम रहेको पिकार्ड र सहचालक आन्द्रे बोसबर्गले  बताए ।  

यो प्रयास उड्डयन क्षेत्रको अर्को कोशेढुङ्गा बन्नु भन्दा पनि यसले ऊर्जाको नवीकरण र सफा प्रविधिप्रतिको जनचासोलाई वृद्धि गर्न सघाउने उनीहरूको भनाइ छ । ‘यदि इन्धनविना एउटा विमान दिनरात उड्न सक्छ भने यो प्रविधि बत्ती बाल्ने र तताउनेजस्ता घरायसी  प्रयोजनका लागि पनि उपयोगी हुन सक्छ,’ पिकार्डको जिकीर थियो । सोलार इम्पल्सको पहिलो सफल उडान शुरूमात्र भएको छ । विमानले फोनिक्सबाट  टेक्सासको फोर्ट वर्थ ल्याम्बर्टको सेण्ट लुइस, वाशिङटनको डलेस र न्यूयोर्कको जोन एफ केनेडीलगायतका विमानस्थलबाट उडान गर्नेछ । ती उडान १९ देखि २५ घण्टासम्मका हुने बताइएको छ । गत एक शताब्दीमा उड्डयन क्षेत्र विस्तार भए तापनि प्रारम्भिक विकासकर्ता र आपूmहरूबीच समानता भएको पिकार्डले बताए ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)