ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘२१औं शताब्दीको बैङ्क डकैती’मा करोडौं डलर चोरी

May 11, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

साइबर अपराधीहरुको एक कुख्यात समूहले केही घण्टाको अन्तरालभित्रै विश्वका विभिन्न बैङ्कका एटीएम मेशिनबाट साढे ४ करोड डलर चोरी गरेको पत्ता लागेको छ । अमेरिकाको सङ्घीय जाँच ब्युरो (एफबीआई)ले बताएअनुसार अपराधीहरुले विभिन्न व्यक्तिका खातामा राखिएका रकम झिक्न जाली डेबिट कार्ड प्रयोग गरेका थिए । यसरी निकालिएको रकम एकैपटक नभई दुईपटक गरी भिकिएको बताइएको छ । अपराधीहरुले डिसेम्बरमा विभिन्न व्यक्तिका बैङ्क खाताबाट डिसेम्बरमा पहिलोपटक ५० लाख डलर र फेब्रुअरीमा ४० लाख डलर झिकेको एफबीआई अधिकारीहरुले जानकारी दिए । यी दुवै चोरी गर्न कुल १० घण्टाको समय लागेको र ३६ हजारओटा बैङ्क ‘ट्राञ्जेक्शन’ गरिएको तथ्य उनीहरुको अनुसन्धानमा फेला परे ।  

यसका लागि ह्याकरहरुले बैङ्कहरुका नेटवर्कभित्र छिरेर डाटाबेसमा राखिएका बैङ्क खाताबारेका तथ्याङ्क र जानकारी चोरी गर्दै एटीएमबाट रकम झिक्न तोकिएको सीमा हटाएर ‘एक्सेस कोड’ बनाएका थिए । तत्पश्चात् उनीहरुले एटीएम काउण्टरमा गएर रकम झिकेको अधिकारीहरुले बताए । जापान, रुस, रोमानिया, इजिप्ट, कोलम्बिया, बेलायत, श्रीलङ्का, क्यानाडा र अमेरिकालगायत एक दर्जन देशमा रहेका विभिन्न एटीएमबाट रकम चोरी गरिएको अनुसन्धानकर्ताहरुले उल्लेख गरेका छन् । उक्त बृहत् डकैती योजनाअन्तर्गत संयुक्त राज्य इमिरेट्सको राकबैङ्क र ओमानको बैङ्क अफ मस्कटका खाताहरुलाई लक्षित गरिएको भेटिएको एफबीआई अधिकारीहरुले बताएका छन् । 

घटनाबारे छानबिन गरिरहेको एफबीआई टोलीकी वकील लोरेट्टा लिञ्चले यो घटनालाई ‘२१औं शताब्दीको कुख्यात बैङ्क डकैती’को सङ्ज्ञा दिइन् । उनका अनुसार न्यूयोर्कको ब्रुकलिनमा साइबर अपराधीहरुको उक्त गिरोहअन्तगर्तको एक समूहका सदस्यहरु पक्राउ परेपछि यो डकैतीको पर्दाफास भएको हो । गतमहीनामात्रै अपराधीहरुको अमेरिकी समूहका नाइके युसी लाजुद–पेनाको डोमिनीकन गणतन्त्रमा हत्या गरिएको उनले बताइन् । बैङ्किङ सुरक्षाको दृष्टिकोणले यो निकै संवेदनशील विषय भएको र अन्य देशका अधिकारीहरुसँग तालमेल मिलाएर संयोजित छानबिन भइरहेको लिञ्चले जानकारी दिइन् ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)