ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालबालिकालाई बर्कशायरको सफलताबारे सिकाउने पुस्तक

May 14, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

‘लगानी सम्राट’को उपाधि पाएका वारेन बफेटको बर्कशायर हाथवे विश्वको सबैभन्दा सफल व्यापारिक समूह मानिन्छ, जसले दर्जनौं सफल व्यापारमा लगानी गरिरहेको   छ । यो अनुकरणीय सफलता र उपलब्धिबारे सयौंका सङ्ख्यामा पुस्तक र सामग्री लेखिसकिएका छन् । तर, अहिले भने स्कूलमा भर्खर भर्ना भएका बालबालिकालाई लक्षित गर्दै लेखिएको एक पुस्तक बजारमा आएको छ । पुस्तकका लेखकहरुका अनुसार यसले साना बालबालिकालाई बर्कशायर हाथवेको सफलताबारे ज्ञान दिँदै उनीहरुलाई उद्यमशील बन्न प्रेरणा प्रदान गर्नेछ । 

‘माई फषर्ट बर्कशायर एबीसी’नाम दिइएको उक्त पुस्तक गतहप्ता सम्पन्न कम्पनीको वार्षिक बैठकमा सार्वजनिक गरिएको थियो । बर्कशायरको मुख्यालय रहेको शहर ओमाहाकै दुई बासिन्दा नान्सी रिप्स टम केर्रले यो पुस्तक लेखेका हुन् । रिप्स शिक्षिका हुन् भने केर्र व्यावसायिक चित्रकार । परम्परागत रुपमा गरिने प्रस्तुतिभन्दा भिन्न यो पुस्तकमा एबीसीडी शब्दलाई नयाँ ढङ्गले प्रस्तुत गरिएको छ । उदाहरणका लागि अङ्ग्रेजी शब्द ‘जी’बाट ‘जीईको’लाई बुझाइएको छ । जीईको बर्कशायरअन्तर्गतको इन्स्योरेन्स कम्पनी हो । यसलाई अझै राम्रोसँग देखाउन एक व्यक्तिले आफ्नो कारको बीमा गर्न लागेको चित्र देखाइएको छ । 

त्यसैगरी ‘डब्ल्यू’ शब्दबाट समूहको लगानी रहेको ‘वेल्स फार्गो’ बैङ्क बुझाइएको   छ । यसमा पनि बैङ्कको प्रख्यात घोडागाडी लोगोको चित्रलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । त्यस्तै, ‘क्यू’ शब्दले ‘क्वालिटी’ (गुणस्तर)लाई अर्थ्याएको छ, जसमा बर्कशायरका उपाध्यक्ष चार्ली मुन्गेरले कारखानामा उत्पादित वस्तुका प्याकेजिङलाई गुणस्तरको छाप लगाइरहेको चित्र बनाइएको छ । 

पुस्तकका धेरैजसो पानामा बर्कशायर हाथवेको स्वामित्वमा रहेका अथवा लगानी भएका प्रसिद्ध कम्पनीहरुलाई नै चित्रात्मक प्रस्तुति गरिएको छ । यतिमात्र नभई वारेन बफेटजस्तै दयालु र समाजसेवी बन्न पनि पुस्तकले बालबालिकालाई प्रेरणा दिएको छ । यसमा उल्लिखित ‘एस’ शब्दले ‘शेयरिङ’ (बाँड्ने) र ‘के’ शब्दले ‘काइण्ड’ (दयालु)लाई अर्थ्याएको छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)