ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कीराफट्याङग्रा खानुमा थुप्रै फाइदा !

May 15, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

थुप्रैलाई आश्चर्यमा पार्दै संयुक्त राष्ट्रसङ्घले विश्वका मानिसलाई आफ्नो खाद्यपदार्थमा कीराफट्याङ्ग्रा पनि समावेश गर्न सल्लाह दिएको छ । राष्ट्रसङ्घअन्तर्गतको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले एक अध्ययनपछि सार्वजनिक गरेको एक प्रतिवेदनमा कीराफट्याङ्ग्रा खाँदा थुप्रै फाइदा हुने उल्लेख छ । उच्च प्रोटिन र न्यून चिल्लो पदार्थ हुने कीराफट्याङ्ग्रा खाँदा मोटोपनाको समस्या घट्ने, विश्व तापमान वृद्धि कम हुने र खाद्यपदार्थको वैकल्पिक स्रोतको विकास हुने एफएओको दाबी छ । त्यसैगरी यसबाट भोकमरीको समस्यासँग जुध्न सहयोग मिल्नेमात्र नभई नयाँ खाद्य पदार्थका रुपमा कीराफट्याङ्ग्राकै व्यापार पनि उल्लेख्य ढङ्गले फस्टाउने प्रतिवेदनमा बताइएको छ । सङ्गठनले विश्वभरि झण्डै १ हजार ९ सयको सङ्ख्यामा खान मिल्ने कीराका प्रजाति भेटिएको जानकारी दिएको छ । तीमध्ये रातो कमिला, माहुरी, केही प्रजातिका पुतलीका लार्भा, फट्याङ्ग्राका केही प्रजाति र पानीमा बस्ने गोब्रेकीरा खाएर हेर्न मानिसलाई सुझाव दिएको छ ।

खानाका रुपमा कीराफट्याङ्ग्रा खाने चलन नयाँ भने होइन । चीन, भियतनाम, अफ्रिका र केही ल्याटिन अमेरिकी देशका विभिन्न संस्कृतिमा लामो समयदेखि यस्ता खाद्यान्न उपभोग गरिन्छ, जसलाई ‘एण्टोमोफेजी’ भनिन्छ । एफओएका अनुसार कीराफट्याङ्ग्रालाई आफ्नो नियमित भोजनका रुपमा विश्वका झण्डै २ अर्ब मानिसले लिने गरेका छन् । एफएओबाहेक पनि अन्य संस्थाले पनि यसलाई समर्थन गरेका छन् । सन् २०१२ मा अर्बपति बिल गेट्सको बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले ‘अल थिङ्ग्स बग्स’ नामक एक समूहलाई एक प्रतिस्पर्धामा पुरस्कृत गरेको थियो । उक्त समूहले विश्वमा बढ्दो बालबालिका कुपोषणसँग जुध्न कीराफट्याङ्ग्रामा पाइने प्रोटिनलाई प्रभावकारी ढङ्गले प्रयोग गर्न सकिने उपाय पत्ता लगाएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)