ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टूथब्रसबाटै कफीको स्वाद’

May 21, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

हामीले प्रयोग गर्ने टूथपेष्टहरु कोही गुलिया, कुनै पर्पराउने त कोही पिरो स्वादका हुन्छन् । तर, एक अमेरिकी कम्पनीले भने विभिन्न स्वाद दिने खालका टूथब्रस ल्याउने जमर्को गरेको छ । अमेरिकी बहुराष्ट्रिय उपभोक्ता सामग्री उत्पादक कोल्गेट–पाल्मोलिभले हालैमात्र विभिन्न स्वाद भएका टूथब्रस उत्पादनका लागि प्याटेण्ट आवेदन दिएको छ । कम्पनीको आवेदन स्वीकार भएमा उपभोक्ताले टूथब्रसबाटै कफीलगायत विभिन्न वस्तुहरुको लत मेटाउन सक्ने बताइएको छ ।‘वर्तमान आविष्कार सामान्यतः मुखको स्याहारसँग सम्बन्धित छ र प्रयोगको समयमा यो टूथब्रसले मुखमा रसायन निकाल्नेछ,’प्याटेण्ट आवेदनमा कम्पनीले उल्लेख गरेको छ । 

नयाँ खालको यो टूथब्रस औषधि दिन, शारीरिक तौल घटाउन वा दुखाइजस्ता समस्या कम गर्नसमेत प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ । त्यसैगरी कम्पनीका टूथब्रसहरुबाट बेरी, हरियो स्याउ वा कागतीको स्वाद लिनुका साथै लेभेण्डर र क्यामोमाइललगायत विभिन्न प्रकारका जडीबुटीहरुका समेत स्वाद लिन सकिने बताइएको छ । टूथब्रसको टुप्पोमा जोडिएको एक ‘प्याच’मा यस्ता स्वादहरु हुने र ब्रस गर्दाको समयमा निस्कनेछ । टूथब्रसका यी स्वादहरु ३ महीनासम्म टिक्ने बेलायती दैनिक पत्रिका डेली मेलले जानकारी दिएको छ । यद्यपि, अतिरिक्त स्वादमा उपलब्ध यस्ता टूथब्रसको छनोट राम्रोसँग नगरिए समस्या उत्पन्न हुने डेली मेलको भनाइ छ । ‘उदाहरणका लागि यदि तपाईंले गल्तीले क्याफेन साटो चिली पेपर (एक प्रजातिको रातो खुर्सानी)को  स्वादयुक्त ब्रस छान्नुभयो र प्रयोग गर्नुभयो भने मुखभित्र पोलेजस्तो अनुभव बेहोर्नुपर्ने हुन सक्छ,’पत्रिकाले सुझाव दिएको छ । कोल्गेट–पाल्मोलिभले पेटेण्टका लागि दिएको आवेदनमा चिली पेपरमा पाइने ‘क्याप्सियासिन’ नामक एक रसायनले गर्दा यस्तो हुने जानकारी दिइएको छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)