ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सहायता परिचालनमा अर्थ मन्त्रालय नै कमजोर

Jun 28, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । वैदेशिक सहायता परिचालनमा अर्थ मन्त्रालय कमजोर देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७४/७५ मा अर्थ मन्त्रालयलाई दातृ निकायबाट ११ करोड ७५ लाख ६७ हजार अमेरिकी डलर सहयोगको प्रतिबद्धता भएकोमा ३ करोड ३५ लाख अमेरिकी डलर मात्रै परिचालन भएको छ । यो कुल प्रतिबद्धताको २५ दशमलव ५४ प्रतिशत मात्र हो । पछिल्लो समय वैदेशिक सहायता प्रतिबद्धता बढे पनि त्यसको परिचालन निराशाजनक देखिएका बेला अर्थ मन्त्रालयकै परिचालन क्षमता कमजोर रहेको पुष्टि भएको छ । चालू आवमा अर्थलाई सबैभन्दा बढी नेपालमा लगानी र पूर्वाधारको गतिलाई तीव्रता दिने कार्यक्रमका लागि अमेरिकाबाट ५ करोड ८९ लाख डलर प्राप्त भएको थियो । उक्त सहायता लिँदा अर्थले निजी लगानीका निम्ति उपयुक्त आर्थिक नीति, नियमनकारी व्यवस्था र पूर्वाधारको वातावरण निर्माण गर्ने विकास साझेदार निकायसँग सम्झौता गरेको थियो । त्यस्तै, चालू आवमा नै अर्थले गरीबीका निम्ति वित्तीय पहुँच कार्यक्रम चलाउन अमेरिकाबाट ४ करोड ८० लाख डलर सहायता लिएको छ । सो सहायता लिँदा अर्थले गरेको प्रतिबद्धतामा गरीबी हटाउने र दिगो विकासको लक्ष्य प्राप्त गर्ने, पारदर्शिता र उत्तरदायित्व प्रदान गर्ने उल्लेख छ । अर्थले यस्ता विभिन्न सात शीर्षकमा करोडौं अमेरिकी डलर सहायता पाए पनि परिचालन गर्न सकेको छैन । अर्थले सहायता लिँदा प्रशासनिक क्षमता विस्तार, राजस्व नीतिमा सुधार, जोखीममा आधारित भन्सार जाँचपास प्रणाली कार्यान्वयन, बजेट तथा अनुगमन प्रक्रिया सुधार गर्नेजस्ता प्रतिबद्धता व्यक्त गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)