ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तनावमा काम गर्दा मुटुरोगको जोखीम दोब्बर

May 23, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri
काम गर्दा ज्यादै तनाव लिएर गरिरहनुभएको छ भने आफ्नो कार्यशैलीलाई परिवर्तन गर्दै खुकुलो पार्नुहोस् । किनकि हालै गरिएको एक अध्ययनमा बढी तनावयुक्त अवस्थामा काम गर्नेहरुमा मुटु सम्बन्धित समस्या र रोगहरु अन्यको तुलनामा दोब्बरले बढ्ने पाइएको छ । जर्मन स्वास्थ्य अनुसन्धान संस्था हेल्महोल्टज जेण्ट्रम मुञ्चेनका वैज्ञानिकहरुले गरेको उक्त अध्ययनअनुसार ज्यादै तनावयुक्त काममा खटेका कर्मचारीहरुमा हृदयाघातको शिकार हुने सम्भावना बढी हुन्छ । डा. रेबेका एमेनी र प्राध्यापक कार्ल–हेइन्ज ल्याडविगले ९ सय ५० जना कर्मचारीको दीर्घकालीन प्रकृतिको निरीक्षणपछि यस्तो निष्कर्ष निकालेका हुन् । 
यसमा ती कर्मचारीहरुलाई उनीहरुले काम गर्दा सामना गरिरहेको मनोवैज्ञानिक दबाबबारे प्रश्नहरु सोधिएका थिए । अनुसन्धानमा सामेल आधाभन्दा बढीले आफूहरुले तीव्र मनोवैज्ञानिक दबाबको अनुभव गरेको उत्तर दिए । त्यसैगरी उनीहरुको रक्तचापमा हुने परिवर्तनलाई पनि अनुसन्धानकर्ताहरुले लामो समयसम्म अध्ययन गरेका थिए । यसमा पनि तनावमा काम गर्नेहरुको रक्तचाप त्यसरी काम नगर्नेहरुको तुलनामा उच्च हुने पाइयो । अनुसन्धानकर्ताहरुले दबाब र तनावमा काम गर्नेहरुको रगतमा ‘सि–रियाक्टिभ प्रोटिन’(सीआरपी) बढी हुने तथ्य फेला पारे । मानव रगतमा पाइने सीआरपीले रक्तचाप निर्धारण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । यो सामान्य स्तरभन्दा माथि पुगेमा हृदयाघातको सम्भावना पनि बढ्ने गर्दछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)