विश्वका सबैभन्दा बुद्धिमान ठानिँदै आएका पश्चिमाहरुको बुद्धि खिइँदै गएको हालै गरिएको एक अध्ययनमा पत्ता लागेको छ । यूरोपेली अनुसन्धानकर्ताको एक समूहले गरेको उक्त अध्ययनअनुसार एक शताब्दीयता पश्चिमा जगतका मानिसहरुका औसत बुद्धिमत्ता (इण्टलिजेन्स कोटेण्ट–आई क्यू) १४ दशमलव १ अङ्कले घटेको छ । ‘हामीले भिक्टोरियन युगका मानिसहरु उच्च प्रविधियुक्त वस्तुहरु प्रयोग गर्ने आधुनिक समयका पश्चिमाको तुलनामा बढी चलाख भएको परिकल्पनाको परीक्षण गर्ने क्रममा यस्तो भेटेका हौं,’ इण्टलिजेन्स जर्नलको पछिल्लो अनलाइन संस्करणमा प्रकाशित उक्त अध्ययनको रिपोर्टमा उल्लेख छ । यसबाट अहिलेका पश्चिमाहरुभन्दा उनीहरुको पुर्खाहरु बढी चलाख भएका पाइएको छ । भिक्टोरियन युग सन् १८३७ देखि १९०१ सम्मको अवधिलाई मानिन्छ, जुनबेला बेलायती महारानी भिक्टोरियाको शासनकाल थियो । सुधारका थुप्रै कार्यहरु भएका उक्त अवधिलाई बेलायतमा अभूतपूर्व शान्ति र उन्नतिको कालका रुपमा पनि लिइन्छ ।
अनुसन्धानकर्ताका अनुसार पश्चिमाहरुको आईक्यू तीव्रगतिले घट्नुको पछाडि घट्दो जनसङ्ख्यादरले प्रमुख भूमिका खेलेको छ । उच्च बुद्धिमत्ता भएका महिलामा औसतमा थोरै सन्तान जन्माउने प्रवृत्ति बढेपछि यस्तो भएको हुन सक्ने प्रबल सम्भावना उनीहरुले औंल्याएका छन् । यसरी बढी बुद्धि भएका मानिसहरु थोरै सङ्ख्यामा जन्मिन थालेपछि कम बुद्धि भएकाको सङ्ख्या बढेकाले औसत बुद्धिमत्ता (आई क्यू) पनि घटेको उनीहरुको जिकीर छ ।
उक्त अध्ययन ब्रसेल्सस्थित भ्रिजे विश्वविद्यालय, आमष्र्टडामस्थित आमष्र्टडाम विश्वविद्यालय र आयरल्याण्डको युनिभर्सिटी कलेज कोर्कका प्राध्यापकत्रय क्रमशः माइकल ए वुडली, जाँ ते निजेनीहुइस र रेगन मर्फीले संयुक्त रुपमा गरेका हुन् । उनीहरुले सन् १९८९ देखि २००४ सम्म उपलब्ध विभिन्न तथ्याङ्कहरुका आधारमा यस्तो निष्कर्ष निकालेका हुन् ।