ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओटीसीलाई प्रभावकारी बनाउँदै नेप्से

Jul 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ओभर दी काउण्टर (ओटीसी) कारोबारलाई जिल्लास्तरसम्म विस्तार गर्न गृहकार्य थालेको छ । यसको सम्भाव्यता अध्ययनका लागि नेप्सेले एक विज्ञसमूह गठन गरेको छ । सो समूहले साउनदेखि नै काम शुरू गर्ने गरी गृहकार्य गरिरहेको नेप्सेले बताएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ओटीसी कारोबारलाई देशव्यापी बनाएर जिल्लामा समेत शेयरबजारको वातावरण बनाउन खोजेको बताए । ओटीसीलाई थप विकास गर्न नेप्सेले कम्पनी रजिष्ट्रारको कार्यालयसँग पनि सहकार्य गर्ने उनको भनाइ छ । ‘आवश्यक परेको अवस्थामा ओटीसीमा किनबेच हुने शेयरको मूल्य कसरी तय भयो भनेर बुझ्न कम्पनीको वासताल हेर्न सहज होस् भनेर कम्पनी रजिष्ट्रारको कार्यालयको सहयोग आवश्यक पर्छ,’ साउदले भने, ‘त्यसैका लागि सहकार्य गर्न थालिएको हो ।’ अहिलेसम्म कम्पनीको सञ्चालक समितिको निर्णय वा लेखापरीक्षकको प्रतिवेदनका आधारमा मूल्य तय हुने गरेको छ । नेपालमा ओटीसी बजार व्यवस्था पहिलैदेखि भए पनि करीब डेढ वर्ष अघिबाट मात्र किनबेच शुरू भएको हो । हालसम्म ८२ कम्पनी ओटीसीमा दर्ता भए पनि ४२ को मात्र कारोबार भएको नेप्सेका वरिष्ठ अधिकृत भेषराज खनालले जानकारी दिए । नेप्सेमा सूचीकृत नभएका वा सूचीबाट हटाइएका पब्लिक कम्पनीहरूको शेयर ओटीसीमा किनबेच हुन्छ । गत पुससम्म दर्ता ४१ कम्पनीमध्ये २१ कम्पनीको शेयर मात्र किनबेच भएको थियो । पछिल्लो ६ महीनामा ओटीसीको कार्यसम्पादनमा धेरै सुधार आएको खनालको भनाइ छ । एससीटीको मूल्य सर्वाधिक ओटीसीमार्फत स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी)को शेयर अहिलेसम्मकै उच्च मूल्यमा किनबेच भएको छ । अङ्कित मूल्य १ सय रुपैयाँ भएको एससीटीको शेयर प्रभु म्यानेजमेण्ट प्रालि र प्रभु बैङ्कले प्रतिकित्ता ४ सय २५ रुपैयाँका दरमा खरीद गरेका हुन् । करीब २ साताअघि एससीटीले २ लाख ३० हजार ८ सय कित्ता शेयर रू. ९ करोड ८१ लाख रुपैयाँमा विक्री गरेको हो । सो कारोबारबाट सरकारले रू. ९५ लाख ६७ हजार पूँजीगत लाभकर पाएको नेप्सेको अभिलेखमा उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)