ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धोबीखोला कोरिडोरमा थप साढे १ अर्ब व्ययभार

Jul 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । कुल २४ किलोमिटर (किमी) लामो धोबीखोला कोरिडोर निर्धारित समयमै सम्पन्न नहुँदा रू. १ अर्ब ५० करोड व्ययभार थपिने भएको छ । चालू आर्थिक वर्ष २०७४/७५ मै सम्पन्न हुने गरी ‘धोबीखोला कोरिडोर सुधार आयोजना’ले काम शुरू गरे पनि निर्धारित समयसम्ममा २० प्रतिशत दूरीमा मात्रै कालोपत्र सकिएको छ । आयोजनामार्फत अहिलेसम्ममा कुल १ अर्ब ९४ करोड ४३ लाख बजेट विनियोजन भएको छ । त्यसमध्ये कोरिडोर निर्माणका लागि हालसम्म रू. १ अर्ब ७८ करोड २८ लाख खर्च भइसकेको छ । यो कोरिडोरको काम समयमै सम्पन्न नहुँदा आयोजनाको म्याद लम्बिनुका साथै सरकारले अब वार्षिक रू. ५०/५० करोडका दरले तीन आवसम्म बजेट विनियोजन गर्नुपर्नेछ । आयोजना प्रमुख दीपक श्रेष्ठले कोरिडोर आगामी ३ वर्षभित्र निर्माण गरिसक्न सरकारले वार्षिक रू. ५० करोड बजेट दिन आवश्यक भएको बताए । नेपालमा ठूला आयोजनाहरू निर्धारित समयमा सम्पन्न भएका उदाहरण बिरलै भेटिने गरेका छन् । त्यस्तो सूचीमा धोबीखोला कोरिडोर पनि समावेश भएको छ । आव २०६७/६८ देखि शुरू भएको धोबीखोला कोरिडोर आयोजनाको काम तथा बजेट विनियोजन भने आव २०६९/७० देखि भएको हो । काठमाडौं उपत्यकमा देखिएको ट्राफिक जामलाई व्यवस्थापन गर्न निकै महŒवपूर्ण मानिएका सहायक मार्ग, कोरिडोरहरू समयमै सम्पन्न नहुँदा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण भएको छ । २४ किमीमध्ये हालसम्ममा २२ किमीमा नदी नियन्त्रण, २० किमीमा सडक ट्र्याक खोल्ने, १३ किमीमा फुटपाथ, ११ किमीमा रेलिङ निर्माण र ५ किमीमा कालोपत्रे सम्पन्न भएको आयोजनाका इञ्जिनीयर सञ्जन कुँवरले जानकारी दिए । काठमाडौं उपत्यकामा देखिएको सवारी साधनको चाप व्यवस्थापन र मध्य शहरी भागको उत्तर–दक्षिण लिङ्क रोड तयार गर्नेलगायत उद्देश्य राखेर आयोजना शुरू भएको हो । ढलको काम छिटै नहुँदा समस्या : आयोजना प्रमुख कोरिडोर निर्माणका लागि हामीलाई ढल विस्तार, मेलम्ची, खानेपानी र विद्युत्का कारण सधैं समस्या भइरहेको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले समयमै ढल विस्तार तथा बिछ्याउने काम सम्पन्न नगर्दा कोरिडोर निर्माणमा समस्या देखिएको छ । अहिले आयोजनाको म्याद सकिने क्रममा रहेकोले शहरी विकास मन्त्रालयमा म्याद थपका लागि प्रस्ताव गरिएको छ । समितिसँग ढल निर्माण छिटै गर्ने गरी सम्झौता भएको छ । बजेट अभाव छैन । कोरिडोरमा भएका काम र समस्या
  • खैरो पुल–रातो पुल (पूर्वपट्टि) ३ दशमलव शून्य ९ किमीमा कालोपत्र गर्न पुलको जक्शनमा ढल बिछ्याउने कार्य सम्पन्न नहुँदा समस्या
  • बागमती दोभानदेखि नेपाल निर्माण व्यवसायी महासङ्घको भवन अगाडिसम्म १ दशमलव ५१ किमी कालोपत्र गर्न ढल बिछ्याउने कार्य नहुँदा कालोपत्र रोकियो ।
  • रातो पुल–कालो पुल–पहेलो पुल (भत्केको पुल) १ दशमलव ३ किमी पूर्वपट्टिसम्म सब–बेसको कार्य जारी
  • सेतो पुल–रातोपुलसम्म सब–बेस र बेसको कार्य सम्पन्न भई कालोपत्र हुने क्रममा
  • रातोपुलदेखि कालोपुल पश्चिमपट्टि सब–बेसको कार्य भइरहेको
  • कालोपुलदेखि बैजनी पुल पश्चिमपट्टि जमीन कटानीको कार्य भइरहेको
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)