ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वीस बैङ्कमा नेपाली रकम

Jul 3, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । हालैका वर्ष स्वीट्जरल्याण्डका बैङ्कहरूमा नेपालको निक्षेप बढेको छ । स्वीस नेशनल बैङ्क (एसएनबी)ले हालै सार्वजनिक गरेको २०१७ को वार्षिक प्रतिवेदनले यसको पुष्टि गरेको छ । सन् २००८ मा त्यहाँका बैङ्कमा कुल ८ करोड ६२ लाख २१ हजार स्वीस फ्र्याङ्कबराबरको नेपाली रुपैयाँ रहेकोमा गतवर्ष त्यस्तो रकम ३२ करोड २८ लाख ८४ हजार पुगेको छ । एसएनबीले नेपालप्रति दायित्वका रूपमा लेखाङ्कन गरेको सो रकम नेपाली व्यक्ति तथा संस्थाको निक्षेप हो । कतिपयले यसलाई कालो धनका रूपमा व्याख्या गरे पनि त्यस्तो सबै रकम कालोधन भने होइन । सन् २०१७ मा स्वीस बैङ्कहरूमा नेपाली बैङ्कहरूको ३० करोड ७२ लाख ७१ हजार स्वीस फ्र्याङ रहेको देखिन्छ । त्यस्तै १ करोड ४७ लाख ८५ हजार स्वीस फ्र्याङ्क अन्य ग्राहकको भएको एसएनबीले बताएको छ । एसएनबीले ८ लाख २९ हजार स्वीस फ्र्याङ्क जम्माकर्ताको भने परिचय खुलाएको छैन । यसमा भने कतिपय गैरकानूनी आर्जनको रकमसमेत हुन सक्ने जानकारहरू बताउँछन् । साथै गतवर्षसम्म २ लाख ७३ हजार स्वीस फ्र्याङ्कलाई भने एसएनबीले नेपालको फिडुसियरी दायित्व भनेर देखाएको छ । विगत १० वर्षमा स्वीस बैङ्कमा रहेको नेपालीको त्यस्तो रकम ९६ प्रतिशतले घटेको छ । जम्माकर्ताहरूले ‘लगानी गरेर धेरै कमाएर देऊ’ भनेर बैङ्कमा राख्ने रकमलाई फिडुसियरी दायित्व भन्ने प्रचलन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)