आन्तरिक सञ्चारमा सामाजिक सञ्जालको प्रयोग प्रभावकारी
May 28, 2013
 
र यो पनि
सामान्यतया कार्यालयभित्र सामाजिक सञ्जालको प्रयोगलाई कतिपयले प्रविधिको दुरूपयोग र समयको बर्बादीका रुपमा लिने गर्दछन् । तर, सही तरीकाले प्रयोग गरिएको खण्डमा इण्टरनेट सामाजिक सञ्जाल आन्तरिक सञ्चारका प्रभावकारी माध्यम बन्ने देखिएको छ । अमेरिकी व्यवस्थापन तथा मानव संसाधन परामर्शदाता संस्था टावर वाट्सनले गरेको एक अध्ययनअनुसार अमेरिका, यूरोप र एशियाका थुप्रै कम्पनीहरुले आन्तरिक सञ्चारका लागि सामाजिक सञ्जाल र इन्ष्ट्याण्ट मेसेजिङ सेवाको प्रयोग शुरु गरेका छन् । यसबाट आप्mना कर्मचारीहरुलाई प्रभावकारी ढङ्गले सन्देश दिन सकिने देखिएपछि कम्पनीहरु सामाजिक सञ्जालतर्फ आकर्षित भएको टावर वाट्सनद्धारा सार्वजनिक एक प्रतिवेदनमा बताइएको छ । २ सय ९० कम्पनीमाझ गरिएको उक्त सर्वेक्षणमा सामाजिक सञ्जालको प्रयोगबाट छिटोछरितो ढङ्गले सञ्चार हुनेमात्र नभई कम्पनीभित्र समुदाय बनाउन पनि सहयोग मिलिरहेको पाइएको छ ।
सर्वेक्षण गरिएकामध्ये ७७ प्रतिशतले इन्ष्ट्याण्ट मेसेजिङ, स्ट्रिमिङ अडियो र भिडियो एप्लिकेशन प्रयोग गरिरहेको बताए । त्यसैगरी ६१ प्रतिशतले फेसबूक र ट्विटरजस्ता लोकप्रिय सामाजिक सञ्जालको सहायता लिइरहेको उत्तर दिए । यसका साथै मानव संसाधन र कर्मचारीका ब्लग, एसएमएस मेसेजिङ सेवा र मोबाइल एप्लिकेशनको प्रयोग पनि व्यापक बन्दै गएको प्रतिवेदनमा उल्लेख छ ।‘आफ्नो प्रकृतिकै कारण सामाजिक सञ्जाल समुदाय बनाउन केन्द्रित छन्, यसबाट कर्मचारीहरुसँग उनीहरुका कार्यक्षमता, सहकार्य, संस्कृति र मूल्यमान्यताजस्ता प्रमुख विषयवस्तुमा विस्तृत ढङ्गले छलफल गर्न सकिन्छ,’टावर वाट्सनका प्रमुख सञ्चार परामर्शदाता केथरीन येट्सले भनिन् । सर्वेक्षण गरिएकामध्ये ४० प्रतिशतले परम्परागत तरीकाको तुलनामा सामाजिक सञ्जाल र मोबाइल एप्लिकेशनको प्रयोग गर्दा सञ्चार खर्चमा उल्लेख्य कमी आउने बताए ।