हामीहरु प्रायः कसरी धेरै कमाउने भन्ने सोचमा तल्लीन रहन्छौं । तर, हालै गरिएको एक अध्ययनले भने मानिसहरु जति धेरै धनसम्पत्तिका बारेमा सोच्छन्, त्यति नै असामाजिक हुने खतरा रहेको देखाएको छ । एशोसिएशन अफ साइकोलोजिक साइन्स (एपीएस)ले ‘धनसम्पत्तिले सामाजिक सम्बन्धलाई कसरी प्रभावित बनाउँछ ?’भन्ने विषयमा गरेको अनुसन्धानमा अनुसन्धाताहरुले यस्तो तथ्य फेला पारेका छन् । अध्ययनमा मानिसहरुले जति धेरै सम्पत्तिका बारेमा सोच्छन्, त्यति नै उनीहरुको सामाजिक वातावरणमा गर्ने व्यवहार प्रभावित हुने तथा अन्य मानिसहरुतिर कम ध्यान दिने पाइएको छ ।
नेदरल्याण्डको रोटरडम स्कूल अफ म्यानेजमेण्टकी सहप्रध्यापक निकोल मिडले धनसम्पत्तिबारे स्मरण गराइएमा एउटा व्यक्तिले अर्को व्यक्तिलाई कसरी हेर्छ भन्ने एक परीक्षण गरेकी थिइन् । उनले सहभागीमध्ये एकलाई डलरको ल्यामिनेड पोष्टर देखाएकी थिइन्, जसमा धेरैले डलरतिर ध्यान दिएका थिए । त्यस्तै, १० मिनेट लामो वार्तालापमा समेत सहभागीहरुले व्यक्तिगत र अन्तरङ्ग कुरामा भन्दा पनि सक्कली डलर कसरी चिन्ने भन्ने विषयमा चासो देखाएका थिए ।‘यो हाल विकसित भइरहेको सामाजिक सम्बन्ध अनुकरण गर्नेतर्फ अभिप्रेरित थियो,’मिडले बताइन् ।
त्यसैगरी डलरको चित्र देखाइएको व्यक्तिले अन्तरक्रियाको समयमा अर्को व्यक्तिलाई कम ध्यान दिएको पाइएको छ । यसले सम्पत्तिबारे थोरै सोचले समेत अन्तरव्यक्तिगत सामञ्जस्यता बिथोलिने सङ्केत गरेको मिडको कथन छ । सम्पत्तिको स्मरणले सो व्यक्तिले अर्को व्यक्तिलाई पूर्ण रुपमा ‘नराम्रो वा डरलाग्दो वा आकर्षक नपाए पनि यसले तिनीहरुको अन्तरव्यक्तिगत ‘अपीललाई धूमिल बनाएको’मा मिडले जोड दिएकी छिन् । त्यस्तै, सम्पत्तिबारे सोचमा संलग्न सामाजिक अन्तरक्रियाबाट मानिसहरुले फरकफरक खाले अपेक्षा गर्ने सङ्केत पाइएको र यसले व्यवहारमा ल्याउने परिवर्तन चित्रित गर्ने अनुसन्धाताहरुको कथन छ ।