ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हङ्गेरियाली कृषकले बनाए काठको कार

Jun 2, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

 

सजाउन प्रयोग हुने काठका गाडी त थुप्रैले देखेकै हुनुपर्छ । तर, एक हङगेरियाली सिकर्मीले भने काठबाटै निर्मित एक कार बनाएर अनि दौडाएर सबैलाई चकित पारेका छन् । मध्यहङ्गेरीस्थित जास–नाग्क्युन–जोल्नोक काउण्टीमा अवस्थित टिस्जाओर्स गाउँका बासिन्दा इस्टभान पुस्कासद्वारा निर्मित यो कारको फ्रेम, एक्सल, गियर र पेट्रोल ट्याङ्क सबै काठले नै बनाइएको छ । ५१ वर्षीय पुस्कासले यो कारमा निर्माण गर्न बियर राख्ने ब्यारेलका काठ प्रयोग गरिएको बताए । यसको इञ्जिन फियट १२६ मोडलको कारबाट झिकिएको, स्टेयरिङ ह्विल पुरानो मर्सिडिज बेञ्जबाट लिइएको र शिशाहरु (विण्डशिल) फ्याँकिएको कुनै गाडीको भएको उनले जानकारी दिए । यी तीनबाहेक अन्य सबै भाग र पुर्जाहरु काठकै भएको पुस्कासको भनाइ छ । 
‘मलाई काठको काम गर्न निकै मनपर्छ । मेरो उद्देश्य यो कार सकेसम्म काठबाटै निर्माण गर्ने रहेको थियो,’उनले भने । काठको गाडी निर्माण गर्दा काठ नै प्रयोग गरिनुपर्नेमा उनले जोड दिए । पुस्कासलाई यो कार बनाउन उनकी श्रीमतीले उत्प्रेरित गरेकी हुन् । हिउँदको समयमा आफ्ना श्रीमान्ले बढी समय पबमा बसेर बियर पिउँदै कटाउने गरेकाले यस्तो अनौठो गाडी बनाउन उनले उत्प्रेरणा दिएकी हुन् ।‘यो गाउँमा समय कटाउन धेरै काम उपलब्ध छैनन्,’ श्रीमती पुस्कासको गुनासो थियो । इस्टभान पुस्कासले यो कारक क्रिसमसदेखि बनाउन शुरु गरेका थिए । स्थानीय प्रशासनले यो गाडीलाई दर्ता नगरे पनि गाउँका बाटामा दौडाउन भने अनुमति दिएको छ । 
उनले यो कारलाई बेच्ने योजना बनाएका छन् ।‘मेरो घरमा ग्यारेज छैन । त्यसैले, कुनै अनौठो वस्तुका सङ्कलक अथवा विस्तारै गाडी हाँक्न मन पराउनेका लागि यो निकै उपयुक्त छ,’उनको कथन थियो । इस्टभान पुस्कासले काठको गाडी बनाएको यो पहिलोपटक भने होइन । पुस्कासले यो कार विक्री गरेर उठेको रकम अर्को परियोजनाका लागि खर्च गर्ने बताए । त्यो परियोजनाअन्तर्गत एक तीनपाङ्ग्रे कार निर्माण गर्ने लक्ष्य उनले राखेका छन् । उनले गतवर्ष एक काठको मोटरसाइकल बनाएर दौडाएका थिए ।

सजाउन प्रयोग हुने काठका गाडी त थुप्रैले देखेकै हुनुपर्छ । तर, एक हङगेरियाली सिकर्मीले भने काठबाटै निर्मित एक कार बनाएर अनि दौडाएर सबैलाई चकित पारेका छन् । मध्यहङ्गेरीस्थित जास–नाग्क्युन–जोल्नोक काउण्टीमा अवस्थित टिस्जाओर्स गाउँका बासिन्दा इस्टभान पुस्कासद्धारा निर्मित यो कारको फ्रेम, एक्सल, गियर र पेट्रोल ट्याङ्क सबै काठले नै बनाइएको छ । ५१ वर्षीय पुस्कासले यो कारमा निर्माण गर्न बियर राख्ने ब्यारेलका काठ प्रयोग गरिएको बताए । यसको इञ्जिन फियट १२६ मोडलको कारबाट झिकिएको, स्टेयरिङ ह्विल पुरानो मर्सिडिज बेञ्जबाट लिइएको र शिशाहरु (विण्डशिल) फ्याँकिएको कुनै गाडीको भएको उनले जानकारी दिए । यी तीनबाहेक अन्य सबै भाग र पुर्जाहरु काठकै भएको पुस्कासको भनाइ छ । 

‘मलाई काठको काम गर्न निकै मनपर्छ । मेरो उद्देश्य यो कार सकेसम्म काठबाटै निर्माण गर्ने रहेको थियो,’उनले भने । काठको गाडी निर्माण गर्दा काठ नै प्रयोग गरिनुपर्नेमा उनले जोड दिए । पुस्कासलाई यो कार बनाउन उनकी श्रीमतीले उत्प्रेरित गरेकी हुन् । हिउँदको समयमा आफ्ना श्रीमान्ले बढी समय पबमा बसेर बियर पिउँदै कटाउने गरेकाले यस्तो अनौठो गाडी बनाउन उनले उत्प्रेरणा दिएकी हुन् ।‘यो गाउँमा समय कटाउन धेरै काम उपलब्ध छैनन्,’ श्रीमती पुस्कासको गुनासो थियो । इस्टभान पुस्कासले यो कारक क्रिसमसदेखि बनाउन शुरु गरेका थिए । स्थानीय प्रशासनले यो गाडीलाई दर्ता नगरे पनि गाउँका बाटामा दौडाउन भने अनुमति दिएको छ । 

उनले यो कारलाई बेच्ने योजना बनाएका छन् ।‘मेरो घरमा ग्यारेज छैन । त्यसैले, कुनै अनौठो वस्तुका सङ्कलक अथवा विस्तारै गाडी हाँक्न मन पराउनेका लागि यो निकै उपयुक्त छ,’उनको कथन थियो । इस्टभान पुस्कासले काठको गाडी बनाएको यो पहिलोपटक भने होइन । पुस्कासले यो कार विक्री गरेर उठेको रकम अर्को परियोजनाका लागि खर्च गर्ने बताए । त्यो परियोजनाअन्तर्गत एक तीनपाङ्ग्रे कार निर्माण गर्ने लक्ष्य उनले राखेका छन् । उनले गतवर्ष एक काठको मोटरसाइकल बनाएर दौडाएका थिए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)