ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलरसँग सर्वाधिक कमजोर रुपैयाँ

Jul 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ (नेरू) बिहीवार अहिलेसम्मकै सस्तो भएको छ । डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्य भएपछि यसको प्रभाव नेरूमा देखिएको हो । नेरूको भारूसँग स्थिर विनिमय दर छ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपछि भारतको चालू खाता घाटा बढ्ने चिन्ताले डलरको तुलनामा भारू सस्तो भएको हो । भारूमा जेजस्तो प्रभाव पर्छ त्यसको सोझो असर नेरूमा पर्दछ । नेपाल राष्ट्र बैङ्कले बिहीवार १ डलरबराबर १ सय १० रुपैयाँ ६२ पैसा विनिमयदर तोकेको छ । यसको अर्थ १ डलर किन्न नेपालीले १ सय १० रुपैयाँ ६२ पैसा खर्च गर्नुपर्छ । अघिल्लो दिन यो दर १ सय १० रुपैयाँ २८ पैसा तोकिएको थियो । यो अहिलेसम्मकै कमजोर हो । यसअघिको न्यून विन्दु भने मङ्गलवार कायम भएको थियो । मङ्गलवार १ अमेरिकी डलरको खरीददर १ सय १० रुपैयाँ ३८ पैसा तोकिएको थियो । यो आर्थिक वर्ष शुरू भएदेखि अहिलेसम्म नेरू डलरको तुलनामा ७ रुपैयाँ १४ पैसा सस्तो भएको छ । आर्थिक वर्षको शुरूमा सो विनिमय दर १ सय ३ रुपैयाँ ४६ पैसा थियो । यसरी डलरको भाउ आकाशिँदै जाँदा दैनिक उपभोग्य वस्तु महँगिएर मुद्रास्फीति त बढ्छ नै बाँकी विश्वसँगको व्यापार घाटा पनि बढ्छ । निर्यातको तुलनामा नेपालको आयात एकदम धेरै छ । चालू आवको पहिलो १० महीनामा व्यापार घाटा ९ खर्ब १९ खर्ब रुपैयाँमा पुगेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । महँगो डलरका कारण नेपालको भुक्तानी सन्तुलनमा समेत प्रभाव पर्न सक्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)