मानिसहरु विभिन्न किसिमका रोगबाट पीडित हुन्छन् । कोही मानिस अँध्यारोदेखि डराउँछन् त कोही उचाइमा डर मान्छन् । कसैलाई सामाजिक वातावरणमा बोल्न कठिन हुन्छ त कोही उज्याला रङहरुदेखि डराउँछन् । तर, हालै एक टेलिफोन सेवा प्रदायकले गरेको सर्वेक्षणमा भने ३० वर्षभन्दा कम उमेरका अधिकांश मानिसहरु ‘नोमोफोबिया’ (आफुसँग मोबाइल फोन नहुने वा त्यसले काम नगर्ने हो कि भन्ने डर)ले ग्रस्त भएको पाइएको छ । बहुराष्ट्रिय अमेरिकी मोबाइल कम्पनी सिस्को सिष्टम इङ्क(सीएसआई)ले अष्ट्रेलियामा गरेको सर्वेक्षणमा दशमध्ये नौजनामा नोमोफोबिया भेटिएको छ । सर्वेक्षणमा संलग्न उत्तरदाताले आफूलाई मोबाइलको लत लागेको र मोबाइल आफुसँग नहुँदा असाध्यै चिन्ता लाग्ने अभिव्यक्ति दिएको अष्ट्रेलियाको दैनिक पत्रिका कुरियरले मेलको एक समाचारमा उल्लेख छ ।
यस्तो रोग अचेतन रुपमै फैलिररहेको र हरेक पाँच जनामा एक जनाले गाडी चलाउँदा मोबाइल प्रयोग गर्ने पाइएको सीएसआईका प्रमुख प्रविधि अधिकारी केभिन ब्लोचले बताएका छन् ।‘हामीले देखिरहेको लत वा बाध्यतावश गरिने व्यवहारलाई यस अध्ययनले थप पुष्टि गरेको छ,’ब्लोचले भने । ३० वर्षभन्दा मुनिका धेरै मानिसबारे भन्नुपर्दा स्मार्टफोन बिहान उठेदेखि राति नसुत्दासम्म हरेक क्षण प्रयोग हुने साधन भएकोसमेत उनले बताए । स्मार्टफोनसँगको ‘प्रेम’ले युवाका लागि धेरै कुरा सहज बनाए पनि यो त्यत्तिकै हानिकारक भएको भन्ने एक सरकारी अधिकारीको भनाइ पनि पत्रिकाले उद्धृत गरेको छ । उनीहरुले हरेक १० मिनेटमा एकपटक मोबाइलमा म्यासेज, इमेल र सामाजिक सञ्जाल चेक गर्ने पाइएको क्विन्सल्याण्ड सरकारको कम्प्युटर सुरक्षासम्बन्धी सल्लाहकार डा. माइकल कार–ग्रेगले बताए । हरेक दिन उनीहरु ८ घण्टा सुत्ने अनुमान गर्ने हो भने पनि उनीहरुले दिनको ९८ पटक मोबाइल चेक गर्ने अनुमान गरिएको छ ।