सरकारले घोषणा गरेको निषेधित क्षेत्र कार्यन्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
Jul 6, 2018
 
समाचार
मुख्य खबर
असार २२, काठमाडौं । सर्वोच्च अदालतले माइतीघर लगायतका ठाउँमा विरोध प्रदर्शन गर्न नपाईने गरी सरकारले लगाएको प्रतिबन्ध हाल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीस इश्वर प्रसाद खतिवडाको एकल इजलासले त्यस्तो अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।
सरकारले माइतीघर लगायत विभिन्न ठाउँमा विरोध गर्नबाट रोक लगाएको कार्य संविधान विपरीत रहेको दावी गर्दै वरिष्ठ अधिवक्ता दिनेस त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।