ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब गाँजाको पनि ब्राण्डिङ !

Jun 5, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

विश्वका धेरै देशमा बेचबिखन तथा प्रयोगमा प्रतिबन्धित लागू पदार्थ गाँजा अब अमेरिकी बजारमा ब्राण्डेड भएर आउने भएको छ । सफ्टवेयर निर्माता माइक्रोसफ्टका एक पूर्वव्यवस्थापकले गाँजाको ब्राण्डिङ गर्ने भएका छन् । माइक्रोसफ्टका पूर्वकर्पोरेट रणनीति प्रबन्धक ज्यामेन शिभ्लीले पहिलोपटक अमेरिकी बजारमा ब्राण्डेड गाँजाको विक्री शुरु गर्न १ करोड डलरको लागतमा एक कम्पनी स्थापना गर्न लागेका छन् । अमेरिकी सङ्घीय कानूनअनुसार गाँजा राख्नु अथवा विक्रीवितरण गर्नु अवैध मानिन्छ । तर, हालैका महीनामा दुई राज्यले मनोरञ्जन र १८ राज्यले चिकित्सकीय प्रयोजनका लागि गाँजाको विक्रीवितरण गर्न अनुमति दिएका छन् ।

शिभ्लीले मेक्सिकोमा उत्पादित गाँजा आयात गरेर बजारमा ल्याइने जानकारी दिए । ‘हामीहरू यो ब्राण्डलाई कफी चेनका स्थापित स्टारबक्सजस्तै प्रसिद्ध बनाउनेछौं,’ गत हप्ता सियाटलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने । गाँजा व्यापार र बजारको आकार निकै ठूलो रहेको बताउँदै उनले अहिले यसले ब्राण्ड खोजिरहेको बताए । ‘यसमध्ये विश्वभरि ४० प्रतिशत मात्र प्राप्त हुन सके हामी निकै खुशी हुनेछौं,’ उनले भने । गाँजा व्यापारबारे विभिन्न समयमा अध्ययन हुँदै आएको छ । सन् २००५ मा संयुक्त राष्ट्रसङ्घले विश्वभरिको गाँजा व्यापारको आकार १ खर्ब ४२ अर्ब डलर रहेको अनुमान गरेको थियो ।

शिभ्लीले शुरु गर्न लागेको व्यापारमा साझेदार रहेका छन् मेक्सिकोका पूर्वराष्ट्रपति भिन्सेण्ट फक्स । आफ्नो कार्यकालमा मेक्सिकोले भोगिरहेको हिंसात्मक सङ्गठित अपराधविरुद्ध कडा कदम चालेका फक्स गाँजा व्यापारलाई अपराधीहरुको हातबाट बाहिर ल्याउनुपर्ने धारणा राख्ने राजनीतिज्ञमा पर्छन् । ‘अहिले मेरो छेउमा कुख्यात अपराधी नाइके चापो गुज्मान नभई ज्यामेन बस्नुमा निकै ठूलो फरक छ,’ पत्रकार सम्मेलनमा उपस्थित फक्सको जिकीर थियो । ब्राण्डेड गाँजाको विक्री कुनै अपराधीले गर्नुभन्दा उद्यमीले गर्नु उचित हुने उनको भनाइ थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)