ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर–जयनगर रेल : ‘भाडा’मा लिएर पुनःसञ्चालन

Jul 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । लामो समयदेखि बन्द रहेको जनकपुर–जयनगर रेलमार्ग सञ्चालन गर्ने तयारी गरिएको छ । विगत ५ वर्षदेखि बन्द रहेको उक्त रेलमार्ग सन् २०१९ को जनवरीदेखि नै सञ्चालनमा ल्याउने गरी नेपाल र भारतबीच सहमति भएको छ । सोमवार र मङ्गलवार काठमाडौंमा बसेको दुई देशका सहसचिवस्तरीय बैठकले विभिन्न विषयवस्तुमा छलफल गर्दै उक्त रेलमार्ग सञ्चालन गर्ने सहमति गरेको हो । बैठकको नेतृत्व गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव शर्माले नेपाल भारत सीमा नाकाका रेल लिङ्क निर्माणका क्रममा आएका समस्या सुल्झाएर अघि बढ्ने सहमति भएको जानकारी दिए । तत्कालका लागि निर्माणको अन्तिम चरणमा रहेको जनकपुर–जयनगर रेलमार्ग पुनः सञ्चालन गरिने भएको हो । उनले भने, ‘भारतसँग जोडिएका अन्य रेल लिङ्क निर्माणको काम क्रमशः अघि बढाउने विषयमा पनि सहमति भएको छ ।’ शर्माका अनुसार बैठकमा भएका छलफल तथा सहमतिलाई कार्यान्वयन गर्न केही नीतिगत निर्णयहरू आवश्यक भएकाले त्यस विषयमा अब छलफल हुनेछ । सहसचिव शर्माले जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि नेपालले रेल भाडामा लिने कि आफ्नै लगानीमा खरीद गर्ने भन्ने दुईओटा विकल्पमा छलफल हुने जानकारी दिए । मन्त्रालय यस विषयमा १ महीनाभित्रै कुनै निष्कर्षमा पुग्ने उनले बताए । रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले तत्काल नेपालले रेल किन्न सक्ने अवस्था नरहेको भन्दै भाडामा नै रेल लिएर सञ्चालन गर्ने बताए । उनका अनुसार केही समय भाडामा रेल सञ्चालन गर्ने र त्यसका साथसाथै रेल सञ्चालन तथा यसका लागि आवश्यक तालीम दिएर आपैm रेल सञ्चालन गर्नसक्ने जनशक्ति तयार गरिनेछ । विभागका अनुसार जनकपुर–जयनगर रेलमार्गको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उपाध्यायका अनुसार बैठकमा निर्माणाधीन जनकपुर–जयनगर र विराटनगर –बथनाहा (जोगबनी) लिङ्कमा देखिएका समस्या समधानका विषयमा पनि छलफल भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)