ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समाजसेवामा नेपाल एसबिआई बैंक

Jul 11, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
बैङ्क मूलतः नाफामूलक संस्था हो । यद्यपि, बैङ्कहरू सामाजिक हितका विभिन्न कार्यक्रममा समेत सहभागी हुन्छन् । नेपाल राष्ट्र बैङ्कले नाफाको १ प्रतिशत हिस्सा सामाजिक हितमा खर्च गर्ने निर्देशन दिएको छ । स्थापनाकालदेखि नै नेपाल एसबिआई समाजसेवामा सहभागी हुँदै आएको छ । बैङ्कले आफ्नो स्थापनाको पहिलो बर्ष नै प्राकृतिक प्रकोपबाट पीडितको सहयोगार्थ प्रधानमन्त्री सहायता कोषमा रू. १ लाखबराबरको आर्थिक सहयोग गरेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत शिक्षा, खेलकुदलगायत क्षेत्रमा सहयोग तथा सहकार्य गर्दै आएको बैङ्कले बताएको छ। सीएसआरको तथ्याङ्क अनुसार यस बैङ्कले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको देखिन्छ । उसले आगामी दिनमा पनि सामाजिक हितमा नयाँ र फरक किसिमका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैङ्कले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट प्रभावितहरूलाई प्रधानमन्त्री राहत कोषमार्फत रू. ७ करोडभन्दा बढी रकम सहयोग गरेको छ । नेपालको बैङ्किङ क्षेत्रमा यसलाई उदाहरणीय कार्यको रूपमा लिइएको छ । २०७२ साउन १७ गते बैङ्कका उच्च अधिकारीले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर रू. ७ करोडबराबरको चेक हस्तान्तरण गरेका थिए । साथै, बैङ्कले सिन्धुपाल्चोकको साविक गुम्बा गाविसका ४ सयभन्दा बढी भूकम्पपीडितलाई कपडा वितरण गरेको थियो । उक्त विनाशकारी भूकम्पपश्चात् तत्कालै बैङ्किङ कारोबार सुचारु गर्ने पहिलो बैङ्क नेपाल एसबिआई बैंक थियो । बैङ्कले यो अवधिमा भूकम्पको त्रास हुँदाहुँदै पनि परीक्षणस्वरूप आमनागरिकलाई सबै शाखा कार्यालयबाट सेवा उपलब्ध गराउने प्रयास गरेको थियो । यसबाहेक बैङ्कले उक्त आपत्कालीन अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विशेष एक्सचेञ्ज काउण्टरको समेत व्यवस्था गरेको थियो ।

यसैगरी बैङ्कले ७–८ वर्षदेखि विभिन्न विद्यालयका गरीब तथा जेहेनदार विद्यार्थीलाई उत्प्रेरणास्वरूप छात्रवृत्ति प्रदान गर्दै आएको छ । बैङ्कले २०७३ सालमा काठमाडौंको नक्सालस्थित नन्दी माध्यमिक विद्यालयका विद्यार्थीलाई रू. ३ लाख ३० हजार छात्रवृत्ति प्रदान गरेको थियो । शैक्षिक सत्र २०७४ मा बैङ्कले पोखरास्थित गौरीशङ्कर माध्यमिक विद्यालयमा कम्प्युटर, प्रिण्टरलगायत सामग्री पनि सहयोग गरेको थियो । यस्तै, सोही वर्ष सर्लाहीको रामसाखी मोहन सिंह जनता माविमा पनि शैक्षिक सामग्री उपलब्ध गराइएको बैङ्कले बताएको छ । शैक्षिक क्षेत्रमा टेवा पु¥याउने कार्यक्रमलाई निरन्तरता दिने बैङ्कको योजना रहेको बताइएको छ । बैङ्कले साविक पोखरा उप–महानगरपालिकासँगको साझेदारीमा २०७३ पुसदेखि ‘फेवाताल सौन्दर्यीकरण परियोजना’को थालनी गरेको थियो । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खेलकुद क्षेत्रमा पनि सहयोग पु¥याउँदै आएको छ । २०७२ फागुनमा संस्थाले धरानमा सम्पन्न फूटबल प्रतियोगितामा उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरेको थियो । यस्तै, ‘नेशनल स्ट्रिट चिल्ड्रेन फूटबल लिग–रोड टु वल्र्डकप’मा पनि सघाइएको बैङ्कले बताएको छ । सेल्टर आश्रय नेपालको आयोजनामा २०७४ भदौमा सम्पन्न उक्त प्रतियोगितमा बैङ्कले फूटबल, मेडललगायत खेलकुद सामग्री प्रदान गरेको थियो । बैङ्कले नेपाली सेनालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ । तथ्याङ्कअनुसार संस्थाले २०७३ चैतमा नेपाली सेनाको इन्द्रधोज गणलाई विशेष योजनाका लागि रू. १ लाख ७० हजार प्रदान गरेको थियो । साथै, २०७४ साउनमा पशुपतिप्रसाद गणलाई पनि सीसीटीभीलगायत सामग्री खरीदका लागि रू. ३ लाख ५० हजार सहयोग गरेको थियो । बैङ्कले अन्य बैङ्क तथा वित्तीय संस्थासँगको सहकार्यमा बागमती सफाइ महाअभियानको २००औं चरणमा सहभागी भएको थियो । साथै, उसले विश्वसम्पदाको सूचीमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रमा वृक्षरोपण कार्यक्रम गरेको छ । बैङ्क स्रोतका अनुसार २०७४ असारमा पशुपति क्षेत्र विकास कोषलाई विशेष किसिमको सरसफाइ उपकरण पनि प्रदान गर्नुका साथै ५ वर्षका लागि पशुपति परिसर सरसफाइको जिम्मा लिएको छ । साथै, पशुपतिनाथको दक्षिण ढोकालाई कलात्मक बनाउन बैङ्कले रू. २ करोड ७५ लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यो काम छिट्टै शुरू हुने बताइएको छ ।

बैङ्क डिजिटल भिलेज अभियान सञ्चालन गर्ने पहिलो बैङ्क बनेको छ । यस बैङ्कले शङ्करापुर नगरपालिकाको जहरसिहंपौवा गाँउलाई डिजिटल भिलेजमा रुपान्तरण गर्ने अभियानस्वरूप अत्याधुनिक बैङ्किङ सेवाहरू उपलब्ध गराउने, ‘टेक लर्निङ सेण्टर’ स्थापना गरी वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ । यससँगै बैङ्कले उक्त डिजिटल भिलेजको प्राथमिक स्वास्थ्यकेन्द्रमा आधुनिक उपकरण उपलब्ध गराएको छ । बैङ्कले निरन्तर सम्पर्क गरेर स्थानीय तहका माध्यमिक तथा उच्च माध्यमिक तहका छात्राहरूलाई सरसफाइसम्बन्धी शैक्षिक ज्ञान दिँदै विभिन्न स्वास्थ सामग्री वितरण गरेको छ । बैङ्कले पिछडिएका वर्ग र समुदायलाई पनि सहयोग पु¥याएको छ । २०७३ माघमा बैङ्कले सर्लाहीको एक दलित बस्तीलाई कम्मललगायत न्यानो कपडा वितरण गरेको थियो । साथै, माइती नेपाललाई बाल दिवस मनाउन आर्थिक भौतिक तथा नैतिक सहयोग गर्दै आएको छ । बैङ्कले वित्तीय साक्षरता बढाउन बैङ्किङ जागरण कार्यक्रमलाई शृङ्खलाबद्ध रूपमा अघि बढाएको छ । साथै, धेरै समुदायमा पुगेर सामुदायिक विकासका लागि सरसफाइ, रक्तदान, छात्रावृत्तिलगायत क्रियाकलापमा सघाउँदै आएको छ । यस्ता कार्यलाई निरन्तरता दिँदै आगमी दिन शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, शीप, विकास तथा ऊर्जाको क्षेत्रमा थप कार्यक्रम सञ्चालनको योजना रहेको जानकारी बैङ्कले दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)