ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ड्रोन’बाटै पिज्जा डेलिभरी

Jun 6, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

नेपालमा केही वर्षयता रेष्टुराँ र फाष्टफूड चेनहरुले मोटरसाइकल र स्कुटर प्रयोग गरेर ग्राहककहाँ पिज्जा डेलिभरी गर्ने प्रचलन बढिरहेको छ । तर, दशकौंदेखि यस्तो तरिका प्रयोग गरिरहेका पश्चिमा देशका फाष्टफूडहरुले भने गुडाएर नभई उडाएर पिज्जा डेलिभरी गर्ने नौलो तरिका विकास गरेका छन् । प्रसङ्ग हो– बेलायतको, जहाँ विश्वव्यापी पिज्जा चेन डोमिनोले ‘ड्रोन’को उडानबाट ग्राहककहाँ स्वादिष्ट पिज्जा पुर्‍याउने कार्य शुरु गर्न लागेको छ । यसका लागि कम्पनीले एरोसाइट नामक एक कम्पनीद्धारा निर्मित ड्रोन प्रयोग गरेको छ । पिज्जा डेलिभरी गर्ने यो ड्रोनलाई ‘डोमिकोप्टर’ नामकरण गरिएको छ । सफलतापूर्वक परीक्षण गरिएको यो कोप्टरले १० माइलको रेडियस (अर्धव्यास)मा दुईओटा ठूला पिज्जाका बक्साहरु उडाएर लैजान  सक्छ । कम्पनीका अनुसार डोमिकोप्टरले १० मिनेट अथवा त्योभन्दा कम समयमै पिज्जा डेलिभरी गर्न सक्छ । 
यो ड्रोनको सञ्चालन डोमिनोकै स्वामित्वमा रहेको क्रिएटिभ डिजिटल एजेन्सी टी प्लस बिस्किट्सले गर्नेछ ।‘स्कुटरको तुलनामा यसबाट निकै छिटो र विनाकुनै व्यवधान पिज्जा डेलिभरी गर्न सकिएको नतीजा परीक्षणहरुमा हासिल भएका छन्,’टी प्लस बिस्किट्सका संस्थापक टम ह्याटनले भने । यी ड्रोनमा ग्राहकको यथार्थ स्थान पत्ता लगाउन ग्लोबल पोजिशनिङ सिष्टम (जीपीएस) जडान गरिएको उनले बताए । त्यसैगरी यसको उडान अनुभवी चालकले जमीनमै बसेर रिमोटको माध्यमबाट गर्ने उनको भनाइ छ । यो कोप्टरमा थुप्रै क्यामेरा जडान गरिएकाले चालकलाई उडान सञ्चालन गर्न सजिलो हुने ह्याटनले उल्लेख गरे । पिज्जाका बाकसहरु सफलतापूर्वक डेलिभरी गर्न सक्ने देखिएपछि डोमिनोले यो डोमिकोप्टरलाई थप परिष्कृत गर्न लागेको छ । यसअन्तर्गत ड्रोनमार्फत पिज्जासँगै २ लिटरसम्मका हल्का पेय पनि डेलिभरी गर्न सक्ने योजना बनाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)