ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजनीतिक नियुक्ति बदरको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

Jul 12, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
असार २८, काठमाडौं । दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई हटाउने सरकारी निर्णय हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति सम्पूर्ण रुपमा बदर गर्ने निर्णय गरेको थियो । सो निर्णयपछि प्राधिकरणका अध्यक्ष झालगायत केही अन्य निकायका पदाधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले प्राधिकरणका अध्यक्ष झा र कर्जा असुली केन्द्रका प्रमुख विष्णुबाबु मिश्रलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । बिहीवारको प्रारम्भिक बहसमा रिट निवेदनको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरुले यस्ता नियुक्तिहरु राजनीतिक प्रकृतिको नभएको दाबी गरेका थिए । बिहीवार दिइएको सो अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने भन्ने सम्बन्धमा आउँदो साउनको पहिलो साता सरकार र रिट निवेदक बिच सर्वोच्च अदालतमा छलफल हुने भएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)