जेठ २५, हङकङ (चीन) । फोब्र्स पत्रिकाले प्रकाशित गर्ने सबैभन्दा धेरै आम्दानी भएका खेलाडीहरूको सूचीमा अमेरिकी पेशेवर गल्फ खेलाडी टाइगर उड्स पुनः अग्रपङ्तिमा आएका छन् । लामो समयसम्म उक्त स्थानमा रहन सफल उड्सले गत वर्ष स्वीस टेनिस स्टार रोजर फेडररलाई पछाडि पारेका थिए । यद्यपि, उड्सले प्रतियोगिताका पुरस्कार राशि, इण्डोर्समेण्ट, गल्फकोर्स डिजाइनलगायतका गतिविधिबाट ७८ करोड १० लाख डलर आर्जन गर्दै फेरि सबैभन्दा धेरै कमाउने खेलाडी बन्न सफल भएका छन् ।
उता, फेडररले ७१ करोड ५० लाख कमाएको फोब्र्सले जानकारी दिएको छ । त्यस्तै, अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायण्ट ६१ करोड ९० लाख डलर कमाइ गर्दै सूचीको तेस्रो स्थानमा रहेका छन् । त्यसैगरी फोब्र्सको सबैभन्दा धेरै कमाउने खेलाडीहरूको चौथो र पाँचौं स्थानमा अमेरिकी बास्केटबल खेलाडी लिबर्न जेम्स र अमेरिकी फूटबल खेलाडी ड्रिउ ब्रीज छन् । गत वर्ष उनीहरूको आम्दानी क्रमशः ५९ करोड ८० लाख डलर र ५१ करोड डलर थियो ।
इङलिश प्रिमियर लीगका डेभिड बेकह्याम, रियल म्याड्रिडका क्रिष्टियानो रोनाल्डो र अर्जेण्टिनी फूटबल खेलाडी लिओनल मेसी क्रमशः आठौं, नवौं र १०औं स्थानमा छन् । उनीहरूले गत वर्ष क्रमशः ४७ करोड २० लाख डलर, ४४ करोड डलर र ४१ करोड ३० लाख डलर कमाएका थिए । भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनी गत वर्षको ३१औं स्थानबाट १६औं स्थानमा उक्लिएका छन् । उनले सन् २०१२ मा ३१ करोड ५० लाख डलर कमाएका थिए । त्यस्तै, अर्का भारतीय क्रिकेट खेलाडी सचिन तेण्डुलकर २२ करोड आम्दानीका साथ ५१औं स्थानमा छन् । एजेन्सी