ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कफीको सुगन्ध जीम्याटमा राम्रो गर्न सहयोगी

Jul 20, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
कफीको सुगन्ध मात्रैले पनि ग्र्याजुएट म्यानेजमेण्ट एप्टिच्युड (जीम्याट)को विश्लेषण पक्षमा राम्रो प्रदर्शन गर्न सहयोग गर्ने एक अध्ययनले दाबी गरेको छ । जीम्याट अधिकांश बिजनेश स्कूलका लागि चाहिने कम्प्युटरमा आधारित परीक्षा हो । अमेरिकास्थित स्टिभन्स इन्ष्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक एड्रियाना म्याजारोभको नेतृत्वमा भएको अध्ययनले यस्तो देखाएको हो । कफीको सुगन्धले एनालिटिकल टास्कमा सहयोग गर्ने मात्र नभई यी टास्कमाझ विद्यार्थीले राम्रो प्रदर्शन गर्छन् भन्ने अनुमानलाई पनि बढाइदिने कुरामाथि अध्ययनले प्रकाश पारेको छ । कफीको सुगन्धमा पनि कफी पिएको जस्तै प्रभाव पार्न सक्ने क्षमता रहने अनुसन्धानमा संलग्नहरूको भनाइ छ । यो अध्ययन प्रतिवेदन इन्भाइरोनमेण्टल साइकोलोजी नामक जर्नलको पछिल्लो संस्करणमा छापिएको हो । अनुसन्धानकर्ताहरूले जीम्याटको अल्जेब्रासम्बन्धी दशओटा प्रश्न समावेश गरिएको परीक्षाको आयोजना गरेका थिए । कम्प्युटर ल्याबमा गरिएको सो अध्ययनमा अण्डरग्र्याजुएट बिजेनेशका सय जना विद्यार्थी सहभागी थिए र उनीहरूलाई दुई समूहमा बाँडिएको थियो । एक समूहलाई एउटा कोठामा कफीको सुगन्ध सँुघ्न लगाइयो र अर्को समूहलाई छुट्टै कोठामा राखियो । कोठामा बसेर कफीको सुगन्ध लिने विद्यार्थीले परीक्षामा राम्रो गरेको र तुलनात्मक रूपमा उच्च अङ्क प्राप्त गरेको पाइयो । त्यस्तै, अनुसन्धानकर्ताको समूहले अर्को प्रकारको सर्वेक्षणको आयोजना ग¥यो । यसमा २ सय जनाभन्दा बढी सहभागीलाई विभिन्न प्रकारका सुगन्धबारे उनीहरूको विचार कस्तो छ र यसले उनीहरूको कार्यमा कस्तो प्रकारको प्रभाव पा¥यो भनेर सोधियो । सहभागीहरूले आफूले कफीको सुगन्ध लिँदा बढी सजग र ऊर्जावान् भएको अनुभव हुने बताए । यस्तो अनुभूति कुनै फूलको सुगन्धको उपस्थितिमा नहुने उनीहरूको अभिव्यक्ति थियो । कफीको सुगन्धको उपस्थितिले उनीहरूको मानसिक कार्यमा हुने प्रदर्शन बढाउन सहयोग पुगेको अध्ययनले देखाएको छ । यस अनुसन्धानमा थप अध्ययनको आवश्यकता छ । तैपनि, यदि यस्तो हो भने आफ्ना कर्मचारीले प्रभावकारी ढङ्गले काम गरून् भन्ने चाहना भएका कम्पनी, रोजगारदाता, निर्माण व्यवसायीलगायतले यसको प्रयोग गरेर हेर्न सक्छन् । रासस/पीटीआई
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)