ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बोइङ विक्री गर्दै नेवानि

Jul 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल वायुसेवा निगमले बोइङ–७५७ विमान विक्री गर्ने भएको छ । बोइङ विक्री गर्न आवश्यक प्रक्रिया पूरा गरी सिङ्गापुरको कम्पनीलाई मूल्याङ्कनको जिम्मा दिइएको निगमले जानकारी दिएको छ । सो कम्पनीले अहिले विमानको मूल्याङ्कन गरिरहेको र मूल्याङ्कनपछि विक्री प्रक्रिया अगाडि बढाइने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । उनका अनुसार मूल्याङ्ककन गर्ने जिम्मा दिइएको सिङ्गापुरको कम्पनी अन्तरराष्ट्रिय आह्वानबाट छनोट गरिएको हो । उनले भने, मूल्याङ्कनपछि बढाबढको आधारमा विमान विक्री गर्छौं ।’ निगम एयरबसतर्फ गएकाले एकै खालको विमान भएमा व्यवस्थापन र सञ्चालन सजिलो हुने भएकाले निगमले बोइङ विक्री गर्न लागेको कंसाकारले बताए । अन्तरराष्ट्रिय प्रचलनअनुरूप पनि धेरै विमान कम्पनीहरूले एकै खालको विमान राख्ने गरेको उनले जानकारी दिए । धेरै विमान भएका कतिपय विदेशी एयरलाइन्सले एयरबस र बोइङ दुवै सञ्चालन गर्ने गरेको जानकारी दिँदै कंसाकारले निगमको हकमा दुई खाले विमान राख्नुभन्दा एकै प्रकारको विमान राख्दा फाइदा हुने बताए । ६० वर्षअघि स्थापना भएको निगम कुनै बेला दक्षिण एशियाकै उत्कृष्ट एयरलाइन्समा गनिन्थ्यो । निगमसँग आन्तरिक र अन्तरराष्ट्रिय गरी २१ ओटासम्म विमान थियो । अहिले निगमसँग साना ठूला गरी १३ ओटा विमान छन् । निगमले आफूसँग भएको पहिलो बोइङ गतवर्ष मात्र बीबी एयरवेजलाई विक्री गरेको थियो । निगमले केही दिनअघि मात्रै नयाँ एयरबस ३३०–२२० भित्र्याएको छ । अबको केही दिनभित्रै अर्को एयरबस पनि भित्रिँदै छ । यी दुई विमानबाट निगमले लामो दूरीको अन्तरराष्ट्रिय उडान गर्ने तयारी गरिरहेको छ । दुईओटा न्यारो बडी विमान र एउटा बोइङ गरी तीनओटा विमानबाट भारतसहित मध्यम दूरीका विभिन्न आठओटा अन्तरराष्ट्रिय गन्तव्यमा उडान गरिरहेकोे छ । सम्बन्धित निकायबाट लिनुपर्ने अनुमतिलगायत सबै काम सकेर यही अगष्ट १ तारीखदेखि निगमले आप्mनो व्यावसायिक उडान शुरू गर्ने कंसाकारले बताए । निगमले न्यारो बडी विमान ल्याउने प्रक्रियासमेत शुरू गरिसकेको महाप्रबन्धक कंसाकारले जानकारी दिए । उनका अनुसार चीन र भारतलाई लक्षित गरी सन् २०१९ को अन्त्यसम्ममा दुईओटा न्यारो बडी विमान ल्याउने निगमको योजना छ । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय तथा आन्तरिक उडानलाई थप प्रतिस्पर्धी बनाउन नयाँ विमान किन्ने प्रक्रिया शुरू गरेको र नेपालको पर्यटन विकासका लागि यो अनिवार्यजस्तै भएको उनको धारणा छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)