ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जामन्त्रीको १३ विदेशी भेट : अलग देशका अलग–अलग चासो

Jul 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । बितेका २ महीनायता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले १३ विदेशी भेट गरेका छन् । उनले भेटेका व्यक्तिहरूमा विभिन्न देशका राजदूत, दातृ निकायका प्रतिनिधि तथा राजनीतिक प्रतिनिधि रहेका छन् । यसबीच उनले नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई दुईपटक भेटे । त्यस्तै नेपालका लागि बेलायत, चीन, जापान, अष्ट्रेलिया, भारत र बङ्गलादेशका राजदूतसँग पनि भेट गरे । यसबाहेक उनको चीनको सिचुवान प्रान्तका उपगभर्नर, ब्रिटिश संसदीय प्रतिनिधिमण्डल, नेपाल–जापान मैत्रीपूर्ण जलजन्य प्रकोप न्यूनीकरण सङ्घ (एनएफएडी)का महासचिव, विश्व बैङ्कअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगमका नेपाल प्रमुख र नेपाल, भुटान तथा बङ्गलादेश हेर्ने विश्व बैङ्कका आवासीय निर्देशकसँग पनि भेट भएको छ । हरेक देशका प्रतिनिधिसँगको भेटमा मन्त्री पुनले नेपालमा लगानी गर्ने वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् । ‘राष्ट्रिय प्राथमिकतामा रहेका र वैदेशिक लगानीमा सञ्चालित आयोजनालाई दु्रत गतिमा अघि बढाउन छिटै संयन्त्र बनाउने तयारी भइरहेको छ,’ उनको अभिव्यक्ति छ, ‘जग्गा अधिग्रहण र वन तथा वातावरण क्षेत्रको समस्या समाधानका लागि सरकारले योजना निर्माण गरिसकेकाले भविष्यमा समस्या आउने छैन ।’ उनले हरेक भेटमा दोहोर्‍याउने अर्को विषय १० वर्षमा १५ हजार मेगावाट (मेवा) विद्युत् उत्पादन गर्न लागेकाले सहयोग गर्न गरिने आग्रह रहेको छ । त्यस्तै, अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पनि सहयोग गरिदिन उनले जोड दिएका छन् । यसरी भएका भेटमध्ये एउटाभन्दा बाहेक दुईतर्फी आग्रह र प्रतिबद्धतामै टुङ्गिएका छन् । हालै अष्ट्रेलियाका राजदूत बडसँग भएको भेटले भने तत्काल एक कदम कार्यान्वयन पाएको छ । उक्त भेटमा ऊर्जामन्त्रालयअन्तर्गतको विद्युत् उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोगसम्बन्धमा समझदारी भएको छ । समझदारीअनुसार अष्ट्रेलियाले पावर हाउसहरूको स्वरूप निर्धारण र पुनरवलोकनमा सहयोग गर्नुका साथै भूप्राविधिक कार्यमा समेत सहयोग गर्ने उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)