ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साढे ३ प्रतिशतमा स्वास्थ्य बीमा

Jul 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ९ लाख ४० हजारभन्दा बढी नागरिक सहभागी भएका छन् । स्वास्थ्य बीमा बोर्डको असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । २०६८ को जनगणनाअनुसार यो सङ्ख्या नेपालको कुल जनसङ्ख्याको ३ दशमलव ५४ प्रतिशत हो । सरकारले नागरिकको स्वास्थ्योपचार सहज बनाउने उद्देश्यले आर्थिक वर्ष (आव) २०७२/७३ मा यो कार्यक्रम शुरू गरेको थियो । त्यसपछिका तीन आवमा स्वास्थ्य बीमाको पहुँच न्यून रूपमा विस्तार भएको पाइन्छ । हालसम्म यो कार्यक्रम ३४ जिल्लामा विस्तार भएको छ । स्वास्थ्य बीमालाई आगामी तीन वर्षमा देशभर विस्तार गर्ने सरकारको योजना छ । आव २०७५/७६ बजेटले पनि यस कार्यक्रमका लागि आवश्यक रकम विनियोजन गरेको छ । त्यसअनुसार आगामी दिनमा स्वास्थ्य बीमाको पहुँच बढ्न सक्ने विज्ञहरू बताउँछन् । यसका लागि सरकारले नीतिगत विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ छ । महिलाको आकर्षण बढी स्वास्थ्य बीमा कार्यक्रममा महिलाको आकर्षण बढी देखिएको छ । हालसम्म ४ लाख ९६ हजारभन्दा बढी महिलाले स्वास्थ्य बीमा गरेका छन् । तथ्याङ्कअनुसार कुल बीमकमा महिलाको अंश ५३ प्रतिशत रहेको छ । बैतडीबाहेक सेवा विस्तार भएका अन्य जिल्लामा महिलाको आकर्षण बढी रहेको तथ्याङ्कमा उल्लेख छ । स्वास्थ्य बीमा महिलालाई अत्यावश्यक भएकाले उनीहरूको आकर्षण बढी भएको पाइन्छ । यसअलावा पुरुषहरू वैदेशिक रोजगारमा रहेकाले स्वास्थ्य बीमासँग जोडिन नसकेको पनि जानकारहरू बताउँछन् । चितवनमा सबैभन्दा बढी बीमित तथ्याङ्कअनुसार चितवनमा सबैभन्दा बढी नागरिकले स्वास्थ्य बीमा गरेका छन् । चितवनमा १ लाख ३६ हजार ८ सय ४० बीमित रहेको तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये महिला बीमितको सङ्ख्या ७१ हजार ८ सय ८ रहेको छ । यस्तै, पूर्वी रूकुममा सबैभन्दा कम बीमित रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार पूर्वी रूकुममा ११ सय ३५ जनाले मात्र स्वास्थ्य बीमा गरेका छन् । जसमा महिलाको सङ्ख्या ६ सय ८ रहेको छ । बीमा कार्यक्रममा सहभागी हुन पाँच जनाको परिवारले वार्षिक रू. २ हजार ५ सय प्रिमियमबापत तिर्नुपर्ने हुन्छ । यदि ५ जनाभन्दा बढीको परिवारले प्रतिसदस्य रू. ४ सय ५० का दरले थप बीमाशुल्क तिर्नुपर्ने बोर्डको भनाइ छ । त्यस्तै, सरकारबाट गरीबी परिचयपत्र प्राप्त व्यक्तिमध्ये अति गरीबलाई शतप्रतिशत, गरीबलाई ७५ प्रतिशत र सीमान्तकृत गरीबलाई ५० प्रतिशतसम्म छूूटको व्यवस्था गरिएको बोर्डले बताएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार यस योजनाअन्तर्गत बहिरङ्ग, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरणजस्ता उपचारात्मक सेवा पाइनेछ । यस्तै, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा दिइन्छ । तर, तोकिएको मूल्यभन्दा बढी रकमको चश्मा, स्वास्थ्यसम्बन्धी यन्त्र, प्लाष्टिक सर्जरी, कृत्रिम गर्भाधानलाई भने योजनामा समावेश गरिएको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)