ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किबोर्डलाई सिरानी बनाउँदाको परिणाम !

Jun 12, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कार्यालयमा कामको व्यस्तताबीच थकाइ मार्दा केहिलेकाहीँ नसोचिएको परिणाम आउन सक्छ । यो कुरालाई चरितार्थ गरेको छ– जर्मनीको एक बैङ्कमा हालै भएको घटनाले । मध्य जर्मनीको हेस्सन प्रान्तस्थित एक बैङ्कका कर्मचारीले दिनभरिको कामपछि केहीबेर थकाइ मार्न भनेर आफ्नो कम्प्युटरको किबोर्डलाई सिरानी बनाएर केही बेर सुत्न पुगे । तर, यो सुताई कति महँगो पर्ला भनेर उनले सोचेका भने थिएनन् । बैङ्कको इलेक्ट्रोनिक ट्रान्सफर शाखामा कार्यरत उनले सुतेको सुत्यै करोडौं यूरो कुनै व्यक्तिको खातामा स्थानान्तरण गरिदिए । बैङ्ककै एक पूर्वकर्मचारीको खातामा ६२ यूरो ४० सेण्ट पठाउनुपर्ने ठाउँमा २२ करोड यूरो जम्मा भएको ती कर्मचारीले पत्तै पाएनन् । उनी किबोर्डमाथि सुत्दा २ अङ्क लगातार थिचिएर २२२,२२२,२२२ को शृङ्खला बन्न पुग्यो ।

त्यसको केही बेरपछि उठेका उनले आफूले निकै ठूलो भूल गरेको थाहा पाए । त्यसपछि बैङ्कका अधिकारीहरुले यो भूललाई सच्याए । तर, बैङ्कले रकम जम्मा गर्ने अर्डरमा रूजु नगरेर निकै ठूलो लापरवाही गरेको आरोप लगाउँदै ती कर्मचारीका सहकर्मीलाई बर्खास्त गर्‍यो । त्यसविरूद्ध ती व्यक्ति हेस्सनको प्रान्तीय अदातलमा मुद्दा दायर गर्न पुगे । मुद्दामा भएको बहसपछि अदालतले यो घटना कसैले पनि नियतवश ढङ्गले नगराएकाले ती कर्मचारीलाई पदमा पुनर्बहाली गर्ने आदेश दियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)