ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैदेशिक रोजगारमा जाने कामदार ८% घटे

Jul 26, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । रोजगारीको क्रममा विदेशिने नेपाली कामदारको सङ्ख्या ८ दशमलव २ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैङ्कले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विषयमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत आवको ११ महीनालाई समीक्षा गर्दा विदेशीने नेपाली कामदारको सङ्ख्यामा उक्त कमी देखिएको हो । देशको अर्थतन्त्रमा रेमिट्यान्सले महŒवपूर्ण योगदान दिँदै आएको छ । त्यसैले, राष्ट्र बैङ्कले केही वर्षयता वैदेशिक रोजगारसम्बन्धी पनि अध्ययन गर्न थालेको छ । आव २०७३/७४ मा वैदेशिक रोजगार विभागबाट ३ लाख ७२ हजार ८ सय ४५ जनाले श्रमस्वीकृति लिएका थिए । गत आवको समीक्षा अवधिमा भने वैदेशिक रोजगारीका लागि ३ लाख ४२ हजार ४ सय २६ जनाले श्रमस्वीकृति लिएको प्रतिवदेनमा उल्लेख छ, जुन अघिल्लो आवका तुलनामा ८ दशमलव २ प्रतिशत कम हो । यस्तै, अघिल्लो आवमा पनि विदेश जाने नेपाली कामदारको सङ्ख्यामा ३ दशमलव ५ प्रतिशत कमी आएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले नयाँ तथा पुनः श्रम स्वीकृतिका आधारमा विदेश जाने नेपाली कामदारको सङ्ख्या घटेको बताएको छ । यद्यपि, यही आधारमा विदेश जाने कामदार घटे भनेर विश्लेषण गर्न नहुने जानकारहरू बताउँछन् । रोजगारका लागि प्रत्येक दिन सयौं नेपाली कामदार बाहिरिने गरेका छन् । यसले गर्दा नेपालमा विदेश जान योग्य (उमेर, शीप, क्षमतालगायत न्यूनतम मापदण्ड पुगेका) जनशक्तिको कमी छ । त्यो अवस्थामा विदेश जाने नेपाली कामदारको सङ्ख्या घटेको विश्लेषण गर्नु उपयुक्त उनीहरूको तर्क छ । पछिल्लो समय नयाँ पुस्ताका जनशक्ति विद्यार्थी भिसामा अमेरिका, जापान, अष्ट्रेलिया, यूरोपलगायत देश जाने गरेकाले पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको सङ्ख्या घटेको देखिएको विज्ञहरू बताउँछन् । नेपाली कामदार : मलेशियामा बढी लेबनानमा कम प्रतिवेदनअनुसार रोजगारीका लागि मलेशिया जाने नेपाली कामदार बढी छन् । गत आवको समीक्षा अवधिमा १ लाख ४ हजार १ सय ४९ नेपाली कामदार मलेशिया गएको प्रतिवेदनमा उल्लेख छ, जुन समीक्षा अवधिमा विदेशिने कुल कामदारको ३० दशमलव ४ प्रतिशत हो । २०७३/७४ मा ९० हजार २ सय ६९ नेपाली कामदार मलेशियामा गएका थिए । सो आवमा सबैभन्दा बढी (१ लाख १९ हजार ७ सय ९१) नेपाली कामदार कतार गएका थिए । छिमेकीलगायत देशले कतारमाथि लगाएको नाकाबन्दीपछि त्यहाँ जाने नेपाली कामदार घटेको पाइएको छ । यस समीक्षा अवधिमा ९७ हजार ५ सय ३६ जना नेपाली रोजगारीका लागि कतार पुगेको प्रतिवेदनले देखाएको छ । यसैगरी गत आवमा लेबनानमा सबैभन्दा कम नेपाली कामदार गएका छन् । प्रतिवेदनअनुसार गत आवको समीक्षा अवधिमा उक्त देशमा २१ जना नेपाली कामदार गएका छन् । नेपालीहरू विशेषगरी कतार, मलेशिया, दुबई, कुवेत, साउदी अरब जस्ता मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । विप्रेषण आप्रवाहमा वृद्धि गत आवको समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ३ प्रतिशत बढेर रू. ६ खर्ब ७९ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव ८ प्रतिशत बढेको थियो । यससँगै खुद ट्रान्सफर आप्रवाह भने शून्य दशमलव १ प्रतिशत बढेर रू. ७ खर्ब ७६ अर्ब २७ करोड पुगेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)