काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६७ कर्मचारी माग गरेको छ ।
बैंकले शुक्रवार सूचना जारी गर्दै विभिन्न पदका लागि खुल्ला प्रतियगिताद्वारा पदपूर्ति गरिने जानकारी गराएको हो।
बैंकले सहायक निर्देशन पदका लागि १९ जना, सहायक निर्देशन (लेखापरीक्षण) पदका लागि ५ जना सहायक निर्देशक वाणिज्य कानुन पदका लागि २ जना, सहायक निर्देशक सूचना प्रविधि पदका लागि ६ जना, सहायक पदका लागि २० जना, सहायक कानुन तर्फ ४ जना र सहायक सूचना प्रविधिमा ११ जना गरी जम्मा ६७ जना कर्मचारी माग गरेको छ ।
बैंकले यही पुस २६ सम्म तोकिएको दस्तुर र माघ ४ सम्म दोब्बर दस्तुर तिरी दरखास्त दिन अबहान गरेको छ ।
सुचना हेर्न याँहा क्लिक गर्नुहोस्