ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति माग, यस्तो छ उम्मेदवारको योग्यता

२०८० पुस, २०  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयले उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्‍वविद्यालयले शुक्रवार सूचना प्रकाशित गर्दै रिक्त उपकुलपति पदमा पूर्तिका लागि दरखास्त खुलाएको हो । 

त्रिभुवन विश्‍वविद्यालय ऐन, २०४९ को दफा १८ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत 'त्रिभुवन विश्‍वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०' बमोजिम उम्मेदवार छनोट गरी सिफारिस गर्ने प्रयोजनका लागि योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयभित्र दरखास्त पेस गर्न आह्वान गरिएको छ । 

उक्त पदका लागि दरखास्त दिन विश्‍वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत), साथै बढीमा ३००० शब्द रहेको विश्‍वविद्यालयसम्बन्धी सोचपत्र र बढीमा ५००० शब्द रहेको चार वर्षे व्यावसायिक कार्ययोजना बुझाउनु पर्नेछ ।

सूचना हेर्नुहोस् 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)