ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाजा बजाउँदै कर तिराउँदै !

Jun 13, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

सूचना प्रकाशित गरेर अथवा करदाताहरुलाई चिठी पठाएर कर तिर्न आह्वान गर्नु विश्वभरि प्रचलित तरीका हुन् । तर, भारतको बैङ्ग्लोर शहरमा भने बाजा बजाउँदै कर सङ्कलन गर्ने अनौठो तरीका शुरु गरिएको छ । शहरको स्थानीय कर कार्यालयले बाजा बजाउनेहरुको एक टोली नै नियुक्त गरेको छ, जसले शहरभरि घुम्दै कम्पनीहरुकहाँ पुगेर बाजा बजाउँदै कर तिर्न आह्वान गर्ने गर्दछन् । कर तिर्नका लागि करदाताहरुलाई चिठीपत्र र सूचनाहरु पठाउँदा–पठाउँदा पनि खासै उपलब्धि हासिल नभएपछि दिक्क भएको बैङ्ग्लोरको कर कार्यालय सङ्गीतको साहरा लिन पुगेको हो । बाजा बजाउने टोली आउन थालेपछि कर तिर्न आलटाल गरिरहेका कम्पनीका मालिकहरु लज्जित बनेका छन् । यो उपाय प्रभावकारी पनि देखिएको छ । आफ्नो घरआँगन र कार्यालयमा कर तिर्न आह्वान गर्दै बाजा बजाउनेहरु आउन थालेपछि लाजले भुतुक्क भएकाहरु अहिले कर तिर्न जान थालेका छन् । यसरी बाजा बज्न थाल्दा मानिसहरुको भीड जम्मा हुने र तिनले आफूले कर नतिरेको थाहा पाउने भएपछि करदाताहरु कर तिर्न बाध्य बनेका हुन् । 
‘हामीले कतै गएर बाजा बजाउन थालेपछि भीड जम्मा हुन्छन् र त्यसबाट कम्पनीका मालिकहरु तर्सिन्छन्,’एक बैण्ड बाजा टोलीका १९ वर्षीय सदस्य शङ्करनाथले भने । प्रायःजसो कम्पनी र तिनका मालिकहरुको स्थानीय क्षेत्रमा इज्जत हुने भएकाले बेइज्जति हुने डरले कर तिर्नेहरुको सङ्ख्या बढेको उनको भनाइ छ । भारतको तेस्रो ठूलो शहर एवं सूचनाप्रविधि राजधानी मानिने बैङ्ग्लोरको अर्थतन्त्रको वार्षिक आकार ९ अर्ब ६० करोड डलर रहेको छ । तर, विकसित शहर भए पनि त्यहाँ कर नतिर्नेहरुको सङ्ख्या भने धेरै छ । कर सङ्कलनको अवस्था विकराल बन्दै गएपछि त्यहाँको कर कार्यालयले ६ महीनाअघि बाजा बजाउनेहरुलाई भर्ती गरेको थियो ।‘यो तरीका शुरु गर्दा हामीले त्यति राम्रो प्रतिक्रिया पाएनौं,’बैङ्ग्लोर महानगरपालिकाका एक अधिकारीले भने । तर, समय बित्दै जाँदा आफूहरुले लक्षित गरेका ५० प्रतिशत कम्पनीहरुले कर तिरेको उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)