प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाई सकियो, शुक्रवार निर्णय गरिने
Jul 26, 2018
 
समाचार
मुख्य खबर
साउन १०, काठमाडौं (अस) । प्रधानन्यायाधीशको लागि प्रस्तावित दिपकराज जोशीको संसदीय सुनुवाई बिहीवार सकिएको छ । सुनुवाई समितिको शुक्रवार बस्ने बैठकले जोशीलाई अनुमोदन गर्ने, नगर्ने भन्ने सम्बन्धमा टुङ्गो लगाउने छ ।
संवैधानिक परिषद्को तीन साताअघि बसेको बैठकले सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश जोशीलाइ प्रधानन्यायाधीशको लागि सिफारिस गरेको थियो । संसदिय सुनुवाईको क्रममा संसदहरुको जबाफ दिंदै प्रधानन्यायाधीशको लागि प्रस्तावित जोशीले न्यायपालिका भित्रको विकृति हटाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।