ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जेलिफिश बेलुन– विश्व वेब सञ्जाल विकासमा अर्को कोसेढुङ्गा

Jun 16, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

जेलिफिश बेलुन– विश्व वेब सञ्जाल 
विकासमा अर्को कोसेढुङ्गा
यी बेलुनहरु सामान्य प्रकारका बेलुन होइनन् । यी बेलुनहरु विश्वव्यापी वेब सञ्जाललाई थप सुदृढ पार्दै सम्पूर्ण विश्वलाई नै अनलाइन बनाउन उडाइएका हुन् । अमेरिकी सूचना प्रविधि कम्पनी गूगल इङ्कले पृथ्वीका सबै कुनाकाप्चामा इण्टरनेट सञ्जाल पुर्‍याउँदै प्रयोगकर्ताहरुलाई सधैं अनलाइन भइराख्न सहयोग गर्ने उद्देश्य लिएर इण्टरनेट बेलुनहरु वायुमण्डलमा पठाएको छ । 
जेलिफिश (एक प्रकारको समुद्री जीव)को आकार भएका ती बेलुनहरु न्यूजिल्याण्डको साउथ आइल्याण्डको क्षेत्रबाट परीक्षणस्वरुप उडाइएका थिए ।‘प्रोजेक्ट लुन’ नामक परियोजनाको एक भागअन्तर्गत ती जेलिफिश बेलुन पृथ्वीको वायुमण्डलको माथिल्लो भागमा उडिरहेका छन् । हावाको बहावको दिशामा उड्ने ती बेलुनहरुमा इण्टरनेट प्रसारणका उपकरणहरु झुण्ड्याइएका छन् । तिनले पृथ्वीमा रहेका वेब प्रसारण केन्द्रहरुबाट प्रक्षेपण गरिएका तरङ्गहरु टिपेर पृथ्वीका विभिन्न भागमा पठाउने गर्छन् । 
गूगलले गत हप्ता उडाइएका ती बेलुनहरुले गर्ने कामको अत्यन्त सावधानीसाथ परीक्षण गरिरहेको छ । यदि यी परीक्षणहरु सफल भएमा विश्वका विभिन्न भागबाट हजारौंको सङ्ख्यामा त्यस्ता बेलुनहरु उडाइने कम्पनीले जानकारी दिएको छ । पृथ्वीको सतहबाट २० किलोमिटर माथि हावामा उडिरहने ती बेलुनहरुले विश्वमा देखा परेको ‘डिजिटल’ खाडल पुर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीले आशा गरेको छ । यसरी वेब सेवा प्रदान गर्दा प्रयोगकर्ताहरुले सस्तो दरमा विश्वसनीय इण्टरनेट सेवा प्राप्त गर्ने गूगलको भनाइ छ । विभिन्न अध्ययनहरुले सूचना प्रविधिको तीव्र विकाससँगै विश्वमा डिजिटल खाडल निकै फराकिलो रहेको देखाएका छन् । विश्वको कुल जनसङ्ख्यामध्ये हाल २ अर्ब २० करोड मानिसले इण्टरनेट सेवा प्राप्त गरेका छन् भने ४ अर्ब २० करोडचाहिँ वेब सेवाबाट बञ्चित रहेको बताइन्छ । 
जेलिफिश बेलुनको परीक्षण सफल भएमा इण्टरनेट सञ्जालको विस्तारको लागत सस्तो हुने अपेक्षा पनि गरिएको छ । यसबाट समुद्रमुनिबाट जोखीमपूर्ण ढङ्गले फाइबर केबल बिछ्याएर वेब सञ्जाल विस्तार गर्दा लाग्ने खर्चमा नाटकीय कमी आउने अनुमान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)