ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भूकम्प पीडितको धितो बैङ्कहरुले लिलामी गर्न थालेपछि राष्ट्र बैङ्कले रोक्यो

Jul 31, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
साउन १५, काठमाडौं । भूकम्प पीडितलाई सहुलीयत व्याजदरमा दिइएकोे पुनरकर्जाका लागि राखेको धितो बैङ्क तथा वित्तीय संस्थाहरूले लिलाम गर्न थालेपछि नेपाल राष्ट्र बैङ्कले रोकेको छ । भूकम्प पीडितहरुका लागि अधिकतम २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्दै आएका केही बैङ्क तथा वित्तीय संस्थाले ऋणीको धितो लिलाम गर्न थालेपछि राष्ट्र बैङ्कले यस्तो निर्देशन दिएको हो । पीडित परिवारलाई आवासीय घर पूनर्निर्माणका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि, २०७२ बमोजिम प्रदान हुने कर्जाको न्यूनतम अवधि ५ वर्ष र अधिकतम अवधि १० वर्ष हुने व्यवस्था गरिए पनि बैङ्कहरूले ऋणीको धितो लीलाम गर्न थालेका छन् । राष्ट्र बैङ्क ऐनमा भने यस्तो कर्जा बढीमा १ वर्षको लागि पुनरकर्जा सेवा प्रदान गर्ने र थप अर्को वर्षका लागि नविकरण गर्न सकिने व्यवस्था छ । नेपाल सरकारले भूकम्प पीडित परिचय पत्र भएकालाई उपत्यकाभित्र रू. २५ लाख र उपत्यका बाहिर रू.१५ लाख रुपैयाँसम्म सहुलियत कर्जा प्रवाह गर्न बैङ्कहरूलाई शून्य व्याजदरमा केन्द्रीय बैङ्कले सुविधा दिंदै आएको थियो । यता शून्य व्याजदरमा लिएको पुनरकर्जा बढीमा २ प्रतिशत व्याजदरमा भूकम्पपीडितलाई ऋण प्रवाह गर्दै आएका छन् । सोही कर्जा असुली प्रक्रियामा कडाई गर्दै बैङ्कहरुले लिलाम प्रक्रिया शुरु गर्न थालेपछि ऋणीहरू अलमलमा परेका छन् । बैङ्कहरूले धितो लीलाम गर्न थालेपछि ऋणीले केन्द्रीय बैङ्कमा गुनासो गरेका हुन् । उक्त गुनासोपछि अर्को व्यवस्था नहुञ्जेललाई धितो लिलाम तुरुन्त रोक्न नर्देशन दिएको प्रवक्ता तथा नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले बताए । उनले यस विषयमा सरोकारवाला निकायहरूसँगको छलफल एवम् समन्वयको काम भईरहेकाले बैङ्कहरूले लिलामी प्रक्रिया स्थगित गरी संयमीत हुन अनुरोध गरे । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वि.सं २०७२ बैशाख १२ गतेको महाभूकम्पका पीडितहरूले जेठ मसान्तसम्ममा रू.१ अर्ब ७७ करोड पुनरकर्जा लिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)