ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा विधेयकमा नयाँ व्यवस्था : विदेशी कम्पनीलाई बाटो खुल्ने सम्भावना

Aug 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । प्रस्तावित बीमा ऐनले विदेशी कम्पनीलाई नेपालमा बीमा कारोबार गर्ने बाटो खुला गरिदिएको छ । सो विधेयकको दफा २४ ले यस्तो प्रस्ताव गरेको हो । यो ऐन प्रारम्भ भएपछि विदेशी कम्पनीहरूले नेपालमा नभएका बीमा व्यवसायहरूको कारोबार गर्न सक्नेछन् । विधेयकमा नेपाली कम्पनीले स्वीकार नगर्ने वा इजाजत प्रदान नगरिएको बीमा व्यवसायको सम्बन्धमा विदेशी बीमा कम्पनीसँग कारोबार गर्न सकिने उल्लेख छ । प्रचलित ऐनमा नेपालका कुनै पनि सम्पत्तिको बीमा स्वदेशी कम्पनीले नै गर्नुपर्ने व्यवस्था छ । यसअनुसार विदेशी कम्पनीले नेपालमा कुनै पनि प्रकारको बीमा कारोबार गर्न पाउने थिएनन् । तर, प्रस्तावित बीमा ऐनमा उक्त व्यवस्था हटाइएको छ । विधेयकमा गरिएको उक्त व्यवस्थाप्रति बीमा कम्पनीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । विधेयक जस्ताको त्यस्तै पारित भए यस्तो व्यवस्थाले नेपालको बीमा व्यवसायलाई घाटा पुर्‍याउने कम्पनीहरूको भनाइ छ । एक कम्पनीका सीईओले भने, ‘ऐनमा नै व्यवस्था भएपछि विदेशी कम्पनीहरूले कुनै न कुनै रूपमा नेपालमा बीमा व्यवसाय गर्न सक्ने सम्भावना छ । यसले गर्दा नेपालको बीमा व्यवसाय घाटामा जान्छ भने स्वदेशी पुनर्बीमा कम्पनीले पनि व्यापार पाउन सक्दैन ।’ यसरी बीमा व्यवसायलाई खुला छोड्दा नेपालदेखि प्रिमियममार्फत करोडौं रकम बाहिरिने उनको भनाइ छ । उनले उक्त व्यवस्थाप्रति कम्पनीहरू असन्तुष्ट रहेकाले सरकारसमक्ष विधेयक संशोधन गर्न माग गरे । उनले भने, ‘हामी नेपाली बीमा बजारमा आवश्यक बीमा योजना बनाउन तयार छौं । विधेयकमा उल्लेख गरिएको उक्त व्यवस्था हटाउनुपर्छ ।’ विदेशी कम्पनीहरू नेपालमा उपलब्ध बीमा योजनामा नै केही सेवासुविधा थपेर नयाँ ढङ्गले आउन सक्ने उनको भनाइ छ । यो व्यवस्था सकारात्मक छ : समिति बीमा समितिले यो व्यवस्था बीमा बजारका लागि फाइदाजनक रहेको बताएको छ । यस व्यवस्थाका कारण नेपाली बीमाक्षेत्रको क्षमता अभिवृद्धि हुने समितिको विश्वास छ । समितिका उपनिर्देशक शाम्बराज लामिछानेले अन्तरराष्ट्रिय बजारमा नेपाली बीमाबजारको पहुँच पुर्‍याउन यस्तो व्यवस्था ल्याएको बताए । हवाई, एयरलाइन्सका बीमा व्यवसायमा नेपाली कम्पनीले सुरक्षण गर्ने क्षमता नराख्ने भएकाले यस्तो व्यवस्था ल्याएको उनको भनाइ छ । उनले भने, ‘बीमा एउटा अन्तरराष्ट्रिय अभ्यास हो । सोही सिद्धान्तअनुसार नै बीमा विधेयकमा यस्तो व्यवस्था ल्याइएको हो ।’ अर्थमन्त्रीकै भनाइविपरीत विधेयक बीमा समितिको ५०औं वार्षिकोत्सवमा सङ्घीय अर्थमन्त्री डा. युवराज खतिवडाले सीमाक्षेत्रमा विदेशी कम्पनीले गैरकानूनी रूपमा गर्दै आएको बीमा कारोबारलाई उन्मूलन गर्नुपर्ने बताएका थिए । उनले उक्त कार्यक्रममार्फत नै समितिलाई सीमाक्षेत्रमा भइरहेको गैरकानूनी बीमा कारोबारलाई नियन्त्रण गर्न निर्देशन दिए । तर, उनकै नेतृत्वमा आउन लागेको बीमा विधेयकले विदेशी कम्पनीलाई नेपालमा कारोबार सञ्चालन गर्न प्रेरणा मिल्ने देखिन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)