ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्यभन्दा १७८ मेवा विद्युत् कम उत्पादन, चालु आव उत्साहजनक हुने

Aug 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
साउन १६, काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७४/७५ मा निर्माण सम्पन्न हुनुपर्ने २८ मध्ये केवल १४ ओटा जलविद्युत् आयोजनाले मात्रै विद्युत् उत्पादन थालेका छन् । सम्पन्न हुनेमा नेपाल विद्युत् प्राधिकरणअन्तरगतको एउटा (चमेलिया–३० मेवा) र बाँकी १३ ओटा निजी क्षेत्रका रहेका छन् । यसरी निजी क्षेत्रको मात्रै उत्पादन जोड्ने हो भने गत आवमा केवल ७१ दशमलव ५८ मेवा विद्युत् उत्पादन भएको छ । यसका कारण उक्त आवभित्र उत्पादन थाल्नुपर्नेमध्ये १४ ओटा आयोजनाको गरी कुल १ सय ७८ मेवा विद्युत् उत्पादन हुन नसकेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । ऊर्जा सङ्कट निवारण कार्ययोजनाले लिएको विद्युत् उत्पादनको लक्ष्यलाई हेर्ने हो भने गत आवमा ८ सय ५० मेवा उत्पादन हुनुपर्ने हो । तर, हालसम्मको विद्युत् उत्पादन गतिका आधारमा हेर्दा चमेलिया बाहेक अन्य कुनै ठूलो परियोजना नआउँदा पनि यत्तिको उत्पादन हुनुलाई ऊर्जा क्षेत्रका जानकारहरू राम्रो सङ्केतका रूपमा मान्दछन् । चालु आवमा उत्पादनमा जाने माथिल्लो तामाकोशी (४५६ मेवा)का कारण यस आवको विद्युत् उत्पादन निकै उत्साहजनक हुने अपेक्षा गरिएको छ । यदि कुलेखानी तेस्रो (१४.५ मेवा) पनि सञ्चालनमा आउने हो भने चालु आवमा करीब ६ सय ५० मेवाको हाराहारीमा विद्युत् उत्पादन हुनेछ । निजी क्षेत्रको योगदान महत्वपूर्ण गत आवमा थपिएकासमेत गरी हालसम्म निजी क्षेत्रका कुल ७५ ओटा आयोजना सञ्चालनमा गएका छन् । उक्त आयोजनाहरूको कुल जडित क्षमता ५ सय १२ दशमलव ६९ मेवा रहेको छ । निजी क्षेत्रले पछिल्ला वर्षहरूमा सङ्ख्यात्मकसँगै क्षमताका हिसाबले पनि राम्रो योगदान गरिरहेको छ । लगानीका दृष्टिले १ सय मेवासम्मका आयोजना निर्माणमा निजी क्षेत्र सक्षम बन्दै गएको छ । यससँगै हालको अवस्थामा सरकार (प्राधिकरण र उसका सहायक कम्पनी)को हाराहारीमा निजी क्षेत्रले जलविद्युत् उत्पादन गरिरहेको छ । प्राधिकरण र उसका सहायक कम्पनीहरूको हालको कुल जलविद्युत् उत्पादन ५ सय १६ दशमलव ९९ मेवा रहेको छ ।  
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)