ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गत आवमा विद्युत् उत्पादन : लक्ष्यभन्दा १७८ मेवा कम

Aug 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७४/७५ मा निर्माण सम्पन्न हुनुपर्ने २८ मध्ये केवल १४ ओटा जलविद्युत् आयोजनाले मात्रै विद्युत् उत्पादन थालेका छन् । सम्पन्न हुनेमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको एउटा (चमेलिया–३० मेवा) र बाँकी १३ ओटा निजीक्षेत्रका रहेका छन् । यसरी निजीक्षेत्रको मात्रै उत्पादन जोड्ने हो भने गत आवमा केवल ७१ दशमलव ५८ मेवा विद्युत् उत्पादन भएको छ । यसका कारण उक्त आवभित्र उत्पादन थाल्नुपर्नेमध्ये १४ ओटा आयोजनाको गरी कुल १ सय ७८ मेवा विद्युत् उत्पादन हुन नसकेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । ऊर्जासङ्कट निवारण कार्ययोजनाले लिएको विद्युत् उत्पादनको लक्ष्यलाई हेर्ने हो भने गत आवमा ८ सय ५० मेवा उत्पादन हुनुपर्ने हो । तर, हालसम्मको विद्युत् उत्पादन गतिका आधारमा हेर्दा चमेलियाबाहेक अन्य कुनै ठूलो परियोजना नआउँदा पनि यतिको उत्पादन हुनुलाई ऊर्जाक्षेत्रका जानकारहरू राम्रो सङ्केतका रूपमा मान्छन् । चालू आवमा उत्पादनमा जाने माथिल्लो तामाकोशी (४५६ मेवा)का कारण यस आवको विद्युत् उत्पादन निकै उत्साहजनक हुने अपेक्षा गरिएको छ । यदि कुलेखानी तेस्रो (१४ दशमलव ५ मेवा) पनि सञ्चालनमा आउने हो भने चालू आवमा करीब ६ सय ५० मेवाको हाराहारीमा विद्युत् उत्पादन हुनेछ । निजीक्षेत्रको योगदान महत्त्वपूर्ण गत आवमा थपिएकासमेत गरी हालसम्म निजीक्षेत्रका कुल ७५ ओटा आयोजना सञ्चालन चएका छन् । उक्त आयोजनाहरूको कुल जडितक्षमता ५ सय १२ दशमलव ६९ मेवा रहेको छ । निजीक्षेत्रले पछिल्ला वर्षहरूमा सङ्ख्यात्मकसँगै क्षमताका हिसाबले पनि राम्रो योगदान गरिरहेको छ । लगानीका दृष्टिले १ सय मेवासम्मका आयोजना निर्माणमा निजीक्षेत्र सक्षम बन्दै गएको छ । यससँगै हालको अवस्थामा सरकार (प्राधिकरण र उसका सहायक कम्पनी)को हाराहारीमा निजीक्षेत्रले जलविद्युत् उत्पादन गरिरहेको छ । प्राधिकरण र उसका सहायक कम्पनीहरूको हालको कुल जलविद्युत् उत्पादन ५ सय १६ दशमलव ९९ मेवा रहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)