ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैङ्किङ कारोबारको डिजिटाइजेशन : चालू आवभित्रै ‘नेशनल स्वीच’को अध्ययन

Aug 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । बैङ्किङ कारोबारलाई डिजिटाइजेशन गर्न नेपाल राष्ट्र बैङ्कले भुक्तानी राफसाफ (स्वीचिङ) प्रणाली स्थापनाका विषयमा अध्ययन गर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्थाबीच हुने विद्युतीय कारोबार राफसाफलाई स्वचालित र छरितो बनाउन ‘नेशनल पेमेण्ट स्वीचिङ’ प्रणाली स्थापनाका लागि चालू आर्थिक वर्ष (आव) २०७५/७६ भित्रै अध्ययन सकिने राष्ट्र बैङ्कले बताएको छ । भारतमा केन्द्रीय बैङ्क रिजर्भ बैङ्क अफ इण्डिया (आरबीआई) र इण्डियन बैङ्कर्स सङ्घको पहलमा सबै बैङ्कको कारोबारलाई जोड्न नेशनल पेमेण्ट कर्पोरेशन अफ इण्डिया (एनपीसीआई) नामक कम्पनी नै सञ्चालित छ । त्यसले बैङ्कहरूको कारोबार डिजिटाइजेशन गर्न सहज भइरहेको छ । नेपालमा बैङ्क तथा वित्तीय संस्थाहरूले भने आप्mनै वा अन्य कुनै कम्पनीसँग सहकार्य गरेर भुक्तानी राफसाफ गर्दै आएका छन् । सरकारले बैङ्किङ कारोबारलाई डिजिटाइजेशन गर्ने नीति लिएपछि केन्द्रीय बैङ्कले त्यसका लागि अध्ययन थालेको हो । बैङ्कहरूले अन्तरराष्ट्रिय स्तरको भुक्तानी स्वीचिङ प्रणालीको माग गरेकाले कस्तो प्रणाली उपयुक्त र उत्तम हुन्छ भनेर अध्ययन गर्न लागेको नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागका उपनिर्देशक कृष्ण शर्माले बताए । ‘केन्द्रीय बैङ्कले पनि आवश्यकता महसूस गरेकाले चालू आवभित्रै अध्ययन सक्नेगरी काम भइरहेको छ,’ उनले भने । हाल नेपाल इलेक्ट्रोनिक पेमेण्ट सिष्टम लि (नेप्स)ले १४ ओटा बैङ्कको विद्युतीय कारोबार राफसाफ गर्न स्वीचिङ सुविधा उपलब्ध गराउँदै आएको छ । हिमालयन बैङ्कले अन्य केही बैङ्कसँग मिलेर स्वीचिङको काम गर्दै आएको छ भने नेपाल इन्भेष्टमेण्ट र नबिल बैङ्कले आफ्नै स्वीचिङ प्रणाली स्थापना गरेर डिजिटल कारोबार गर्दै आएका छन् । केन्द्रीय बैङ्कले नै सबैलाई समेट्ने गरी नेशनल स्वीचिङ प्रणाली स्थापना गरेपछि यस्तो समस्या समाधान हुने बैङ्करहरूको भनाइ छ । छिमेकी भारतमा विगत ४ वर्षदेखि बैङ्किङ कारोबारलाई डिजिटाइजेशन गरेर विद्युतीय भुक्तानी सर्वसुलभ बनाउँदै लगे पनि नेपाल भने यस विषयमा धेरै पछाडि रहेको नबिल बैङ्कका रिटेल बिजनेश प्रमुख नीरज शर्मा बताउँछन् । भारतले बैङ्कहरूलाई स्वीचिङ सुविधाका साथै ग्राहकको आधार कार्डमा भएका प्रमुख सूचनाको पहुँच दिएकाले विद्युतीय भुक्तानीमा फड्को मार्न सफल भएको नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण क्षत्रीले बताए । आधार कार्डमा भएको ग्राहकको व्यक्तिगत विवरण र बायोमेट्रिक प्रमाणको पहुँच बैङ्कहरूलाई दिएकाले उनीहरू ढुक्क भएर कारोबार गर्न सकेको क्षत्री बताउँछन् । के हो नेशनल स्वीच ? राष्ट्रले आफ्नो देशभित्रका बैङ्क तथा वित्तीय संस्थाले विद्युतीय उपकरणमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय बैङ्किङ सञ्जालमा कारोबार गर्न र त्यसको राफसाफ गर्न सहजीकरण गर्ने प्रणाली नेशनल स्वीच हो । नेपालमा त्यस्तो स्वीचिङ प्रणालीको अभावमा कार्ड तथा अन्य माध्यमबाट हुने विद्युतीय कारोबारका लागि कि त आफ्नै स्वीच राख्नुपर्ने वा अमेरिकी एक्सप्रेसजस्ता विदेशी संस्थामार्पmत जानुपर्ने अवस्था छ । नेशनल स्वीच भएमा नेपाली बैङ्कले पनि अन्य देशमा सहजै चल्ने कार्ड जारी गर्न सक्छन् भने विदेशी कार्ड पनि सहजै स्वीकार गर्न सक्छन् । सरकारले नेशनल स्वीचको व्यवस्था गरेमा बैङ्कहरूलाई महँगो पनि पर्दैन र सर्वसाधारणलाई सहज हुन्छ ।
कागजरहित बैङ्किङमा कहिले पुग्ने ? पर्शुराम कुवँर क्षत्री प्रमुख कार्यकारी अधिकृत जनता बैङ्क भारतले नगद कारोबार मात्र होइन चेकलाई पनि निरुत्साहित गरेको छ । एकै दिनमा चेक राफसाफ गर्ने क्षमता हुँदाहुँदै पनि त्यसलाई निरुत्साहित गरेर डिजिटल प्रविधिलाई प्रोत्साहन गरिएको छ । यसले बैङ्कहरूको कार्यदक्षता र अर्थव्यवस्थाको पारदर्शिता ह्वात्तै बढाएको छ । सरकार, केन्द्रीय बैङ्क र बैङ्क सबैको मेहनतले त्यो सहज भएको हो । सर्वसाधारणले पनि सकारात्मक रूपमा साथ दिएका छन् । प्रविधिको प्रयोग हाम्रो देशमा अति नै सीमित छ । कागजरहित बैङ्किङमा कहिले पुग्ने भन्ने विषयमा बहस नै भएको छैन । नेशनल स्वीचिङ प्रणाली नभएर नेपाल पछाडि नीरज शर्मा रिटेल बिजनेश प्रमुख नबिल बैङ्क केही वर्षअघि भारतमा पनि नेपालकै जस्तो अवस्था थियो । तर, अहिले बैङ्किङ प्रविधिमा फड्को मारेको छ । त्यहाँ सरकारले सेण्ट्रल डिपोजिटरी प्रणाली बनाएर सबै व्यक्तिको विवरण सुरक्षित गर्दै त्यसको पहुँच बैङ्कहरूलाई दिएको छ । यसले खाता खोल्न ग्राहक बैङ्कमा जानै पर्दैन । नेपालका भने अनलाइनबाट खाता खोले पनि केवाईसी गर्न सकिँदैन । साथै अहिलेसम्म नेशनल स्वीचिङ प्रणाली नहुनु पनि अर्काे समस्या हो । सबै बैङ्कले ठूलो लगानी गरेर सो प्रणाली राख्न सक्दैनन् । उनीहरू पनि कागजी कारोबारलाई डिजिटाइजेशनमा परिणत गर्न आतुर छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)