ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यालयबाटै घरायसी काम

Jun 18, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

कार्यालयबाटै घरायसी काम 
कर्मचारीहरुले घरमा बसेर कार्यालयको काममात्र गर्दैनन्, उनीहरुले कार्यालयमै बसीबसी घरायसी कामसमेत गर्न भ्याउने गरेको एक अध्ययनले देखाएको छ । डिजिटल सञ्चार कम्पनी क्याप्टिभेट नेटवर्कले गरेको अध्ययनअनुसार अधिकांश कर्मचारीले कार्यालय समयमा बैङ्क जाने, उपहार किन्ने, पार्लर जाने, ड्राइक्लिनिङ्मा कपडा धुन दिने र ल्याउनेलगायतका निजी काम गर्ने गरेका छन् । कम्पनीले उत्तर अमेरिकाका ४ हजार ‘ह्वाइट कलर’ कामदारबीच गरेको अध्ययनमा यस्तो पाइएको आर्थिक दैनिक बिजनेश डेली न्यूजमा प्रकाशित एक समाचारमा बताइएको छ । अध्ययनमा करीब ९३ प्रतिशतले कार्यालय समयमा आप्mनो निजी काम र घरायसी आवश्यकताका काम गर्ने गरेको पाइएको छ । उनीहरुले यस्तो कामका लागि कार्यालय समयको आधाभन्दा बढी समय बाहिर बिताउने गरेका छन् । 
त्यसैगरी अध्ययनमा संलग्न ७० प्रतिशत कर्मचारीले कार्यालयको कम्प्युटर आफ्ना व्यक्तिगत कामका लागि प्रयोग गर्ने गरेको भेटिएको छ । उनीहरुले बैङ्किङ तथा बीमा गतिविधि बुझ्न, छुट्टी मनाउने कार्यक्रम बनाउन, शपिङ्ग गर्न, नयाँ खानाको परिकारबारे जानकारी लिन, नयाँ जागीर खोज्नलगायतका काम कार्यालयको कम्प्युटरबाटै भ्याउने गरेका छन् । विगत २ वर्षमा अमेरिकामा मात्र कार्यालय समयमा आफ्ना निजी काम गर्ने कर्मचारीको सङ्ख्या ३१ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सन् २०११ यता दैनिक ९ घण्टाभन्दा बढी काम गर्ने कर्मचारीहरुको सङ्ख्या ३० प्रतिशतले बढे पनि आफ्नो काम र निजी जीवनबीच तालमेल मिलाउन सफल रहेको अभिव्यक्ति दिनेको सङ्ख्यासमेत बढेको छ ।‘धेरै समयसम्म काम गर्नु मानिसका लागि सहज बन्दै गइरहेको भान हुन्छ,’क्याप्टिभेट नेटवर्कका अनुसन्धान निर्देशक स्कट मर्डेनले भने । कार्यालय समयमा पनि आफ्ना व्यक्तिगत कामहरु गर्ने प्रवृत्तिमा वृद्धि हुँदा कर्मचारीहरु बढी समयसम्म काम गर्न हौसिएको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)