ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वृद्धहरूले आफूले गल्ती गरेको थाहा पाउँदैनन्

Aug 7, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
जतिजति उमेर बढ्दै गयो, त्यतित्यति मानिसहरूले आफूले गल्ती गरिरहेको बारे थाहा नपाउने एक नयाँ अध्ययनले देखाएको छ । न्यूरोबायोलोजी अफ एजिङ विषयमा युनिभर्सिटी अफ लोवाका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले यस्तो देखाएको हो । आफूले गल्ती गरिरहेकोबारे बुझ्ने क्षमता युवा वयस्क र वृद्ध वयस्कमा केकति स्तरको छ भन्नेबारे उनीहरूले अध्ययन गरेका थिए । अनुसन्धानमा ३८ जना युवा वयस्क (औसत उमेर २२ वर्ष) र ३९ जना वृद्ध वयस्क (औसत उमेर ६८ वर्ष)लाई कम्प्युटर स्क्रिनको एकतर्फबाट बक्समा भएको गोलो चिह्नलाई हेर्न लगाइएको थियो । अनुसन्धानमा संलग्न सबै सहभागीले त्यो गोलोलाई धेरै बेरसम्म हेर्न सकेनन् र उनीहरूले आफ्नो नजर अन्तै मोडे । हरेकपटक यो कार्यमा असफल भएपछि उनीहरूलाई आफूले गल्ती गरेको छ कि छैन भनेर सोधियो । युवा सहभागीलाई उनीहरूले गल्ती गरेको थाहा भयो कि भएन भनेर सोधिएको कुल समयको ७५ प्रतिशतमा उनीहरू सही थिए भने वृद्धहरू ६३ प्रतिशतमात्र सही थिए । यसको अर्थ के हो भने एकतिहाईभन्दा बढी समयमा वृद्ध सहभागीलाई आफूले गल्ती गरेकोबारे थाहा भएन । यतिमात्र नभई उनीहरू आफूले गल्ती गरेको मान्न समेत तयार भएनन् । यो अध्ययनमा अनुसन्धानकर्ताहरूले सहभागीहरूले आँखाको नानी कसरी खोले भन्ने कुराको मापन गरेर नतीजा निकालेका हुन् । कुनै आश्चर्यजनक कुरा अचानक भएमा वा कुनै भावनात्मक अवस्थामा मानिस र अधिकांश जनावरहरूको आँखाको नानी ठूलो बन्छ । आफूले गल्ती गरेको समयमा पनि यस्तो हुने भएकाले अनुसन्धानकर्ताले आँखाको नानीको अध्ययन गरेका हुन् । युवा वयस्कले आफूले गल्ती गरेको पहिचान गरेपछि उनीहरूको आँखाको नानी अप्रत्याशित रूपमा ठूलो बनेको अनुसन्धानकर्ताहरूले पाए । तर, आफूले गल्ती गरेको थाहा नपाएको अवस्थामा चाहिँ उनीहरूको नानीको आकार सानो बनेको पाए । तर, वृद्ध वयस्कको आँखाको नानी भने आफूले गल्ती गरेको थाहा भएको बेलामा एकदमै सानो भयो र आफूले गल्ती गरेको थाहा नपाएको अवस्थामा भने नानीमा कुनै हलचल नै देखिएन । थोरै गल्ती भएको थाहा भएमा त्यसले परिणाम भने जटिल हुने विश्लेषण गरिएको छ । आफूले गरेको गल्ती थाहा नभएको कुरालाई घटाउन नसक्ने भएकाले परिणाम जटिल बन्ने बताइएको छ । रासस/सिन्हवा
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)