ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुङ्गा–नौबीसे सुरुङमार्ग: डेढ हप्ताभित्र ग्लोबल टेण्डर

Aug 9, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं  । सडक विभागले नागढुङ्गा–नौबीसे सुरुङमार्ग निर्माणका लागि डेढ हप्ताभित्र ग्लोबल टेण्डर आह्वान गर्ने भएको छ । सन् २०२२ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सुरुङमार्ग निर्माणका लागि टेण्डर आह्वान गरी आगामी मङ्सिर–पुस महीनादेखि निर्माण कार्य अघि बढाउने विभागको तयारी छ ।

विभागअन्तर्गतको वैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक अध्ययन पूरा भइसकेकाले भौतिक निर्माणको काम अघि बढाउन लागिएको जानकारी दिए । टेण्डर आह्वानको अवधि २ महीना र टेण्डर मूल्याङ्कनका लागि १ महीना लाग्ने भएकाले निर्माणको काम भने मङ्सिर वा पुसको पहिलो सातादेखि शुरू गरिने विभागले बताएको छ । श्रेष्ठका अनुसार सुरुङमार्गले समेट्ने काठमाडौंको चन्द्रागिरि नगरपालिकाका ४/५ वडामा मुआब्जा वितरण गरिसकिएको छ भने धादिङको धुनिबेँशी नगरपालिकाका वडा नम्बर १ मा मुआब्जा उपलब्ध गराउन जग्गाको मूल्याङ्कन भइरहेको छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका थानकोट–नागढुङ्गा खण्डमा हुने अत्यधिक ट्राफिक जाम, असुरक्षा र अनावश्यक दूरी कम गर्ने उद्देश्यले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक र आर्थिक ऋण सहयोगमा उक्त सुरुङ मार्ग निर्माण गर्ने तयारी गरेको हो । जाइकाले सहुलियत ब्याज दर (शून्य दशमलव शून्उ १ प्रतिशत)मा ऋण उपलब्ध गराउनेछ । सुरुङ मार्ग निर्माणका लागि २०१३ फरवरीदेखि विभिन्न चरणको सर्वेक्षण गरिएको थियो । रू. १७ अर्बको लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको यो सुरुङमार्ग काठमाडौंको थानकोटदेखि धादिङ जिल्लाको नौबीसेमा पर्ने झ्याप्ले खोलासम्म हुनेछ । ‘थानकोट–झ्याप्ले खोला (नौबीसे) टनेल’को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) जाइकाले नै बनाएको हो । थानकोट–नागढुङ्गाको मध्यबिन्दुबाट शुुरू हुने उक्त सुरुङ मार्ग धादिङमा पर्ने नौबीसेको झ्याप्ले खोलासम्म करीब साढे २ किलोमिटरको हुनेछ ।

कुल ३ दशमलव ३ किलोमिटरको उक्त सुरुङमार्गमा साढे २ किलोमिटरको सुरुङ हुने र बाँकी पहुँच तथा सडकमार्ग हुनेछ । अहिले थानकोट–नौबीसेको झ्याप्ले खोलासम्मको दूरी करीब ९ किलोमिटर रहेको छ । सुरुङमार्ग निर्माण भएपछि यो दूरी ५ दशमलव ७ किलोमिटरमा सीमित हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)