बङ्गलादेशमा टेक्सटाइल र ऊर्जामा बढाइने लगानी स्वीकृत
Jun 20, 2013
 
र यो पनि
बङ्गलादेशमा टेक्सटाइल र ऊर्जामा बढाइने लगानी स्वीकृत
असार ५, ढाका (बङ्गलादेश) । बिजुली आपूर्ति सहज बनाउन र तयारी पोशाक उद्योगलाई अझै विस्तार गर्न बङ्गलादेशको केन्द्रीय बैङ्कले उल्लेख्य परिमाणमा लगानी कर्जा दिने एक प्रस्ताव स्वीकृत गरेको छ । बङ्गलादेश बैङ्कले जारी गरेको एक प्रेस विज्ञप्तिअनुसार ऊर्जा र तयारी पोशाक उद्योगका लागि १५ करोड ४० लाख अमेरिकी डलरको लगानी स्वीकृत गरिएको छ । विज्ञप्तिमा यो निर्णय लिनुअघि बङ्गलादेश सरकारको लगानी सम्बन्धित निकाय ‘इन्भेष्टमेण्ट स्क्रुटिनी बोर्ड’ (आईएससी)ले बैङ्कका गभर्नर अतिर रहमानसँग बैठक गरेको बताइएको छ । बैठकमा निजीक्षेत्रले विदेशी कर्जादाताहरुसँग ऋण लिने प्रक्रियाबारे छलफल भएको थियो ।
बैङ्कले स्वीकृत गरेको लगानीकर्जामा लिबोर (लण्डन इण्टरबैङ्क अफर्ड रेट)सहित ६ महीना अवधिको ऋणमा साढे ४ प्रतिशतको वार्षिक ब्याजदर ताकिएको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी वैदेशिक लगानी भित्र्याउनका लागि विभिन्न प्रस्तावहरु पनि अघि सारिएको आईएससीले बताएको छ । यसैक्रममा डलरको विनिमय दरलाई स्थिर राख्न, भुक्तानी सन्तुलनमा देखिएको घाटा कटौती र रोजगारीका नयाँ अवसर सृजना गर्न यस प्रकारका विदेशी लगानीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गभर्नर रहमानले बताएका छन् । एजेन्सी