ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तनावमुक्त रहन डङ्की थेरापी !

Aug 12, 2018  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
घरपालुवा घरपालुवा जनावरले मानिसलाई सफल हुन सहयोग गर्ने धेरै अध्ययनहरुले बताइसकेका छन् । जनावरले व्यक्तिको मानसिक अवस्था र स्वास्थ्यका लागि फाइदा पुर्‍याउने र यसले व्यावसायिक जीवनमा पनि हित पुर्‍याउने देखिएको छ । गूगल र एमजनजस्ता कम्पनीले यो तथ्यलाई अङ्गालिसकेका छन् भने आजकाल अधिकांश कार्यस्थल पनि पेट अर्थात घरपालुवा जनावरमैत्री हुन थालेका छन् । अधिकांश राष्ट्रमा गधालाई एक बोझका रुपमा लिने गरेका छन् र भारी लगायतका सामानहरु बोकाउन यसको प्रयोग गरिँदै आईएको छ । तर गधाले मानिसलाई तनावमुक्त रहन सहयोग गर्ने एक अध्ययनले देखाएको छ । स्टिभ स्टियर्टले सफ्टवेयर इञ्जिनीयरको जागिर छोडेर ‘डङ्की पार्क’ सञ्चालन गरेका छन् । यहाँ उनले मानिसहरुलाई तनावमुक्त रहन गधासँग समय बिताउने अवसर प्रदान गर्छन् । अमेरिकाको न्यूयोर्कस्थित उल्सटर पार्कमा उनले आफ्नो डङ्की पार्क खोलेर यो नयाँ प्रकारको सेवाको शुरुआत गरेका हुन् । गधाहरु वेवास्ता हुने र दुव्र्यवहारको शिकार हुने प्रवृत्तिबाट उनीहरुलाई बचाउन उनले गधाको सहयोगमा निःशुल्क थेरापी र शैक्षिक कार्यक्रमको आयोजना गर्ने गरेका छन् । उनको भनाइमा गधा एक शान्तप्रिय र तनाव कम गर्न सहयोग गर्ने जनावर हो । उनले गधाहरुलाई विद्यालय, नर्सिङ होम र अपाङ्गता भएका बच्चाहरुका लागि आयोजना हुने कार्यक्रममा लग्छन् । उनले गधापालनसम्बन्धी प्रशिक्षण पनि दिने गरेका छन् । टाढा टाढाबाट यात्रा गर्दै आएका र शहरतिरबाट आएका अधिकांश मानिसहरु त्यस पार्कमा आएपछि उनीहरुको थकान र तनाव कम हुँदै गएको अनुभव गरिएको छ । गधाहरुलाई दुव्र्यवहारबाट बचाउन समर्पित समूहबीच यो थेरापीले लोकप्रियता पाइरहेको छ । बेलायतको डेभोनस्थित डङ्की स्यान्चुएरीमा क्यान्सर भएका बालबालिका, मानव तस्करी पीडित र अन्य पिछडिएका मानिसहरुका लागि डङ्की थेरापी दिने काम गर्छ । ‘हामीले कौशल विकासका लागि थेरापी दिइरहेका हौं,’ यस संस्थाका निर्देशक क्यारोन ह्वेलीले भने । अधिकांश स्थानमा गधाहरुमाथि नराम्रो व्यवहार हुँदै आएको छ । तर वास्तवमा तीनिहरु राम्रा व्यवहार भएका, बुद्दिमान र मायालाग्दा हुने यस मामीलासँग जानकारहरु बताउँछन् । गधासँग बढी समय बिताउँदा आफू तनावरहित महसुस गर्ने यस थेरापी लिएकाहरु बताउँछन् । ‘जति धेरै फोहोरी उति धेरै आनन्द, यो डङ्की थेरापी साँँच्चै नै गज्जबको छ,’ थेरापी लिएमध्येकी एक प्याटि लण्डग्रेनले बताएकी छिन् । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)