ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारद्वारा ५ महीने कार्यप्रगति सार्वजनिक : उल्लेख्य प्रगति गरेको सरकारको दाबी

Aug 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले उल्लेख्य प्रगति गरेको दाबी गर्र्दै ५ महीने कार्यप्रगति सार्वजनिक गरेको छ । सरकार गठनकै समयमा सुविधाजनक बहुमत पाएको यो सरकारलाई उपेन्द्र यादवको पार्टी सरकारमा सामेल भएपछि दुई तिहाइकै समर्थन प्राप्त भएको छ । सरकारले सोमवार ७८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै यो ५ महीना सुशासनका लागि मानक थालनी भएको उल्लेख गरेको छ । सरकारले यातायातको सिण्डिकेटको अन्त्य, तस्करमाथि कारबाही र प्रभावकारी नियन्त्रण, विकास निर्माणको ढिलासुस्ती हटाउने कदम तथा औचित्यहीन भ्रमणमा नियन्त्रण गर्नेजस्ता कामलाई सुशासनका लागि मानक थालनी मानेको छ । यस्तै सार्वजनिक खर्चमा मितव्ययिता, खरीद अनियमितता रोक्न एकीकृत सूचनाप्रणाली, सामाजिक सुरक्षा भत्तामा पारदर्शिता, कन्सुलर प्रमाणीकरण आधा घण्टामै, राजदूत नियुक्तिमा मापदण्ड तर्जुमा, सुरक्षाकर्मी दुरुपयोगको अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रबन्ध, अध्यागमनमा टोकन प्रणाली तथा पेट्रोलियम चुहावट रोक्न लकिङ प्रणाली लागू गरेर सरकारले यो बीचमा सुुशासनका थुप्रै महत्त्वपूर्ण कार्य गरेको सरकारको दाबी छ । हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन, नेपालका आवश्यकता र प्राथमिकतामा विदेश सम्बन्ध तय र अर्थ प्रशासनको सुधारमार्फत राज्यकोषलाई उल्लेख्य लाभ पनि सरकारले यस अवधिमा गरेको उल्लेख्य कामको रूपमा प्रतिवेदनमा समेटिएका छन् । पूर्वाधार विकासमा छोटो समयको लागि भए पनि केही नतीजा दिन सफल भएको, ऊर्जामा आत्मनिर्भरता र राष्ट्रिय आयको दीर्घकालीन साधन बनाइएको र शिक्षाक्षेत्रमा दूरगामी महत्त्वको काम गरेको उल्लेख छ । यस्तै पुनर्निर्माणमा नतीजामुखी काम, कृषिको व्यावसायीकरण, सामाजिक सुरक्षामा नयाँ थालनी पनि प्रतिवेदनमा उल्लेख छन् । सरकारले मेलम्ची खानेपानी आयोजनालाई सपनाबाट यथार्थमा परिणत हुँदै गएको, नमूना शहर र एकीकृत बस्ती निर्माणको आधार तय भएको तथा सडक रेल पूर्वाधार निर्माणको काम द्रुत गतिमा भएको दाबी गरेको छ । प्रतिवेदनमा सरकारको नीति तथा कार्यक्रममा उल्लिखित ५ वर्षे मार्गचित्रलाई समेत समेटिएको छ । प्रगति भयो भन्नु हास्यास्पद : प्रमुख प्रतिपक्ष सरकारले प्रस्तुत गरेको ५ महीने विकास कार्यक्रमको फेहरिस्तलाई प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले हास्यास्पद भनी टिप्पणी गरेको छ । सरकारले कामभन्दा हल्ला गरेको र यो समयमा भ्रष्टाचारलाई संस्थागत गर्ने काम झनै बढी भएको काङ्ग्रेसको टिप्पणी छ । यसअघिका सरकारले गरेका र नियमित रूपमा पाइप लाइनमा भएका कार्यक्रमलाई आप्mनो भनी प्रचार गरेर सरकारले जनतामा भ्रम छर्न खाजेको प्रमुख प्रतिपक्षको आरोप छ । सरकारको विकास प्रतिवेदनप्रति टिप्पणी गर्दै नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अहिले सरकारकै संरक्षणमा तस्करी मौलाएको आरोप लगाए । उनले संवैधानिक निकायमा राजनीतिकरण र कर्मचारी प्रशासनमा व्यापक हस्तक्षेप गरी आफू निकटकालाई पोस्ने काम गरेको बताए । उनले भने, ‘सरकारले तस्करी नियन्त्रणको नाममा हौवा पिटाएको छ । सरकार आफै तस्करहरूबाट संरक्षित छ । राज्यकोषबाट कार्यकर्ताको नाममा करोडौं बाँडिएको छ तर सरकार सुशासन र पारदर्शिताको नारा दिन र प्रगतिको कुरा गर्न छोडेको छैन । यो विडम्बना हो ।’ उनले सिन्डिकेट अन्तयका नाममा यातायात क्षेत्रमा थप अव्यवस्थित बनाएको, शेयर मार्केटमा नकारात्मक असिर पुर्‍याएको तथा प्रशासनमा ब्वयसापयिकता समाप्त पारेको टिप्पणी गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)