ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अब बैङ्क नोटमा लेखेमा कारबाही

Aug 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । कसैले बैङ्क नोटमा लेखेमा मात्रै पनि उसलाई १ वर्षसम्म प्रहरीले खोजी पक्राउ गर्नसक्ने भएको छ । यस्तो व्यवस्था भदौ १ गतेदेखि लागू हुँदै छ । त्यस्तै बैङ्क कर्मचारीले पनि नोटको बिटामा लेख्ने बानी अब छोड्नुपर्ने भएको छ । नत्र त्यस्तो कर्मचारीले ३ महीनाको कैदसहित रू. ५ हजार जरीवाना तिर्नुपर्ने अवस्था आउन सक्छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २६३ को उपदफा (२) मा कसैले बैङ्क नोटमा लेख्न वा कोर्न नहुने उल्लेख छ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले केरमेट गरिएको नोट नचल्ने भन्ने नभए पनि केरमेट गर्ने व्यक्तिलाई भने कारबाही हुने बताए । नोटमा लेख्ने वा कोर्ने व्यक्तिबारे प्रहरीले अनुसन्धान गर्नेछन् भने प्रमाण भेटिएमा सरकारी वकिलले अदालतमा मुद्दा दायर गर्नेछन् । ऐनअनुसार कसैले नोटमा लेख्ने वा कोर्ने काम गरेको वा गरिरहेको वा गर्न लागेको छ भन्ने कुरा थाहा पाएमा उसले यथाशीघ्र प्रहरी कार्यालयमा जानकारी दिनुपर्ने छ । मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को अनुसूची १ मा बैङ्क नोटमा लेख्ने वा कोर्ने कार्यलाई फौजदारी अपराध मानिएको छ । कानूनमा यस्तो अपराध भएको देख्नेले प्रहरीमा उजुरी दिनुपर्ने प्रावधान भए तापनि नोट भनेको तत्काल एउटाको हातबाट अर्काको हातमा जाने भएकाले लेख्ने वा कोर्ने कार्यको प्रमाण पु¥याउन अप्ठ्यारो हुनसक्ने कानूनविद्हरूले बताएका छन् । अधिवक्ता किशोर खतिवडाले यस्तो कानून लागू हुनेमा आशङ्का व्यक्त गरे । उनले आर्थिक अभियानसँग भने, ‘कसैले नोटमा लेख्ने कोर्ने कार्य गरिहालेमा पनि देख्ने व्यक्ति प्रहरीमा उजुरी दिन गइसक्दासम्म उसले कोरेको नोट अन्यको हातमा गइसकेको हुनसक्छ । यस्तो अवस्थामा प्रमाण पुर्‍याउन निकै नै अप्ठ्यारो हुन्छ ।’ यस्तो प्रावधानले मानिसमा सचेतता भने आउनसक्ने उनको भनाइ छ । राष्ट्र बैङ्कका कार्यकारी निर्देशक निरौलाले केरमेट गरिएको नोट बैङ्कमा आएपछि त्यसलाई पुनः बाहिर नपठाई त्यसको साटो नयाँ नोट निष्कासन गरेर सर्वसाधारणसमक्ष पठाइने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)