ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्रसेल्समा बियरको मन्दिर !

Jun 23, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

बेल्जियमको अर्थतन्त्र र सामाजिक जीवनमा बियर लामो समयदेखि अभिन्न अङ्गका रुपमा रहिरहेको छ । तर, राजधानी ब्रसेल्सले भने यसलाई थप विकसित रुप दिँदै ‘बियरको मन्दिर’ नै स्थापना गर्ने तयारी गरेको छ । गत बिहीवार ब्रसेल्सका मेयरले गरेको एक घोषणाअनुसार त्यहाँको पुरानो धितोपत्र एक्सचेञ्ज भवनमा बियर मन्दिरको स्थापना गरिनेछ । ‘टेम्पल अफ बेल्जियन बियर’ नाम दिइएको उक्त परियोजनाअन्तर्गत शहरको केन्द्र ग्राण्ड प्लेसमा रहेको धितोपत्र एक्सचेञ्ज भवन द ब्रसेल्स बोर्सलाई प्रयोग गरिने बताइएको छ । यो भवनका खम्बा र भित्री सजावटले प्राचीन ग्रीस र रोमनकालको कारीगरी (जसलाई कोरिन्थियाली कारिगरी पनि भनिन्छ)को झल्को दिन्छन् । सन् १९९६ मा विश्वका वित्तीय बजारहरुलाई कम्प्युटरकृत गरिएसँगै शेयर व्यापारीहरु यो पुरानो भवन छाडेर अन्यत्रै गएका थिए । त्यसपछि ब्रसेल्सको पुरानो धितोपत्र एक्सचेञ्ज प्रदर्शनीहरु आयोजना गर्ने स्थल परिवर्तित भएको थियो । तर, सन् २०१२ मा नगरपालिकाले लिएपछि भने उक्त भवन त्यत्तिकै अलपत्र परेको थियो ।

मेयर फिलिप्प क्लोसल ‘बियर मन्दिर’ सन् २०१८ देखि खुल्ने बताउँदै त्यहाँ वार्षिक ४ लाख अवलोकनकर्ता आउने बताए । यो घोषणाबाट बेल्जियमका बियर उत्पादकहरु पनि निकै उत्साहित भएका छन् । ‘फ्रान्सका लागि वाइनको जे महत्व छ, बेल्जियमका लागि बियरको पनि त्यही उपादेयता छ, यसले हाम्रो सानो देशलाई साँचो अर्थमा पहिचान दिएको छ,’ बेल्जियमका बियर उत्पादकहरुको महासङ्घका अध्यक्ष सेभेन ग्याजले भने । बेल्जियमभरि हाल डेढ सयको सङ्ख्यामा ब्रुअरी सञ्चालनमा छन्, जसले १ हजारदेखि एक हजार पाँच सय प्रकारका वियर उत्पादन गरिरहेका छन् । विगत १ दशकमा त्यहाँको बियर निर्यात ७० प्रतिशतले बढेको बताइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)